arrow

स्थानीय निकाय निर्वाचनः भोजपुरमा १४४ मतदान केन्द्र

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
bhojpur.jpeg
भोजपुर । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । 
 
राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए । 
 
स्थानीय तह पुनर्संरचना भएसँगै भोजपुर जिल्लाका दुई नगरपालिका – भोजपुर र षडानन्द नपा र सात गाउँपालिका क्रमशः साल्पा–सिलिचो, टेम्के–मैयूँ, पौवा–दुम्मा, अरुण, हतुवागढी, आम्चोक तथा रामप्रसाद राई गाउँपालिकाका जम्मा ८७ ठाउँमा मतदानस्थल राख्न सिफारिस गरिएको छ । 
 
दुई नगरपालिकामा २६ र सात गाउँपालिकामा ६१ मतदानस्थल राखिने भएको हो । 
 
निर्वाचनका लागि कर्मचारीको लगत सङ्कलन भइरहेको र निर्वाचन शिक्षा भने चैत दोस्रो हप्तादेखि सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ