arrow

स्थानीय निर्वाचन : २२ जिल्लाको मतपत्र छपाई सकियो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत १२ शनिबार
election_local4.jpeg
विराटनगर । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले २२ जिल्लाको मतपत्र छपाई सकिएको बताएका छन् । शनिबार विराटनगरमा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त यादवले घरघरमा मतदाता शिक्षाका लागि टोली परिचालनको तयारी भइरहेको बताए । उनले मधेशवादीदलहरुलाई निर्वाचनामा सहभागी गराउन प्रमुख दलहरुबीच घनिभूत छलफल भइरहेकाले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास पनि व्यक्त गरे । 
 
उनले  दलीय सहमतिमा निर्वाचन हुने भएकोले मधेशबादी दल सहित सबै दलबीच चाँडै सहमति हुनु आवश्यक भएको बताए । उनले दुई नम्बर प्रदेश तथा पश्चिमका केही ठाउँमा संयुक्त मधेशी मोर्चाको अबरोधका कारण काममा समस्या भएको भन्दै दलहरुबीच आबश्यक छलफल गरेर सहमति गरी निर्वाचनको लागि बाताबरण बनाउनुपर्नेमा जोड दिए । 
 
प्रमुख आयुक्त यादवले सबैतिर निर्वाचन एकै दिन गराउने गरी तयारी भएको भन्दै मधेशबादी दल तयार नभएपनि निर्वाचन भने  नरोकिने बताए । उनले निर्धारित समयमा निर्वाचन सफल हुने बताउँदै भने ‘मधेशबादी दलहरु पनि निर्वाचनमा लागेकोले निर्वाचनमा अबरोध हुँदैन भन्नेमा विश्वास छ ।’ उनले मधेशी मोर्चाले जनसङख्याको आधारमा स्थानीय तहको सङख्या  भए चुनावमा जाने भनेको प्रसङमा उनले दलीय सहमति भए त्यसको ब्यवस्थापनका लागि पनि आयोग तयार भएको बताए ।
 
यस पटक समाबेशी तर्फ महिला दलितका लागि पनि कोटा भएकोले आयोगले मतदाता शिक्षासँगै यस विषयमा पनि जानकारी गराउने बताए । प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन छुट्टाछुट्टै हुने भन्दै उनले त्यसको लागि पनि समय कम भएकोले सबैले तीब्र रुपमा तयारीमा लाग्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ