arrow

गुराँसको राजधानीमा अब हेर्न मात्रै पार्इन्छ, टिप्न पार्इंदैन गुराँस

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
ma_ta_laliguras.jpeg
काठमाडौं । गुराँसको राजधानी भनेर परिचित तेह्रथुमको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी फूलहरु टिप्न नपाउने नियम लागु भएको छ। तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा  आउने पर्यटकहरुले फुलेका गुराँसका फूलहरु जथाभावी  टिपेर लैजाने थाले पछि  गुराँस नै मासिने र यहाको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न मनाही गरेको हो । 
 
करीव २५ गाविस क्षेत्रमा फैलएको राजधानीमा नेपालमा पाइने ३२ प्रजातिका गुराँस मध्यै २८ प्रजातिका गुराँसहरु फुलेका छन्। जसको कारण यहाँका वन रङ्गी चङ्गी गुराँसले ढकमक्क  भएका छन् । फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । 
 
गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ । जिल्ला वन कार्यालयले पनि गुराँस नटिप्न र नकाट्न भन्दै चेतनामूलक जानकारी गराइरहेको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी दिइरहेको सहायक जिल्ला वन अधिकृत धर्मी जानकारी दीए। 
 
नयाँ वर्ष सुरु भएसँगै यहाँ गुराँस हेर्न आउने पर्यटकको समेत भीड लाग्न थालेको छ । अहिले दैनिकजसो सयौँको सङ्ख्यामा बाह्य तथा हजारौँ आन्तरिक पर्यटक आउने गरेको सो क्षेत्रका प्रहरी चौकीले जनाएका छन् । 
 
यहाँका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउनेको सङ्ख्या बढेको हो । यस क्षेत्रको वसन्तपुर बजार हुँदै टुटेदेउराली, आरआर गार्डेन, घुर्मिसे, तीनजुरे पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, लामपोखरी, चौकी, मङ्गलबारे, गुफा, सुकेबजारलगायत क्षेत्रसम्म दैनिकजसो गुराँस हेर्न आउनेको भीड लाग्न थालेको छ । 
 
विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ । पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन् । जलवायु परिवर्तनका कारण गुराँस फुल्ने समय प्रभावित बनेको लालीगुराँस संरक्षण समितिका संयोजक लक्ष्मण तिवारीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ