arrow

ड्रोनद्वारा पहिलो पटक धरान विमानस्थलको सर्भे

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
dharan-dron.jpeg
काठमाडौं । पूर्वको प्रमुख पर्यटकीय नगरी धरानमा विमानस्थल बन्ने निश्चित भएको छ । ड्रोनद्वारा धरान विमानस्थलको सर्भे सम्पन्न भएपछि निर्माण प्रक्रिया सुरु भएको हो ।  यो सँगै १७ वर्ष पछि विमानस्थल निर्माण कार्यले औपचारिकता पाएको हो । पर्यटनमन्त्रीको कार्यभार जीवनबहादुर शाहीले पाएलगत्तै धरानबाट प्रतिनिधित्व गर्ने सांसद तथा कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले विमास्थल निर्माण कार्यलाई अघि बढाउन पहल गरेका थिए ।
 
 त्यसपछि मन्त्री शाहीले विमानस्थल निर्माणका लागि तत्काल २ करोड विनियोज  गर्न लगाएका थिए । कर्णालीको कालिकोट विमानस्थल ३१ वर्षपछि सञ्चालनमा ल्याउन सफल भएका शाहीले १७ वर्ष देखि अलपत्र धरान विमानस्थल निर्माणका लागि पनि विशेष पहल गरेका थिए । मन्त्री शाहीको निर्देशन र सांसद विश्वकर्माको पहलमा नागरिक उड्डयन प्राधिकरणले धरान विमानस्थल निमार्ण अघि बढाउन सुरु गरेको थियो । मन्त्री शाहीको नेतृत्वमा उच्चस्तरीय प्राविधिक टोली धरान गएर स्थलगत अवलोकन गरेको थियो । सर्भे सम्पन्न भएसँगै छिटै विमानस्थल सञ्चालनमा आउने विश्वास रहेको धरानका सांसद विश्वकर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ