arrow

इमर्जिङ कप क्रिकेट : नेपालको पहिलो भेट पाकिस्तानसँग, के गर्लान् ज्ञानेन्द्र ?

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
Gyanendra_Malla-new.jpeg

काठमाडौँ । एसीसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले टेष्ट मान्यता प्राप्त पाकिस्तानसँग पहिलो भेट गर्दै छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका २३ वर्ष मुनी (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व सम्हाल्ने छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसीसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए ।

पारस खड्काकोे स्वास्थ्यमा समस्या आएपछि टोलीमा समावेश छैनन् । शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागि नहुने भएका छन् ।  तीब्र गतिका बलर करण केसी समेत स्वास्थ्य समस्याका कारण विश्राम लिइरहेका छन् ।

अनुभवि खेलाडी अनुपस्थित हुने भएपछि नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले अवसर पाएका छन् । खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’मा  भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । यो प्रतियोगिता चार वर्षपछि हुन लागेको हो । यसअघि सन् २०१३ (विसं २०६९–०७०) मा सिङ्गापुरमा भएको थियो । शनिवार देखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ