arrow

बाराको सिमरा जीतपुर उपमहानगरको मेयरमा भिड्न क कस्को छ तयारी ?

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
election-news-jj.jpeg
बारा । स्थानिय तहको निर्वाचनको मिति तोकिएसँगै प्रदेश नम्वर २ मा निर्वाचनको माहौल विस्तारै बन्ने क्रममा रहेको देखिएको छ । तराई मधेश केन्द्रित राजनीतिक दलहरुले तराई मधेशमा स्थानिय तह बढाउनुपर्ने माग गर्दै स्थानियस्तरमा विरोधका कार्यक्रम जारी राखेपनि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्न तराई मधेशका सबै राजनीतिक दलहरु अगाडी देखिएका छन् । 
 
२०७४ वैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनका लागि अहिले जिल्लामा क्रियाशिल राजनीतिक दलहरु सबै लागिपरेका छन् । जिल्लामा रहेका २ उपमहानगरपालिका ४ नगरपालिका र ९ गाउँपालिकाको नेतृत्वका लागि अहिले चर्चा परिचर्चा शुरु भएको छ । स्थानिय राजनीतिक दलका अगुवा नेता तथा कार्यकर्ताहरु अहिले आफ्नो पार्टीको तर्फबाट को उमेद्वार हुने भन्दै विमर्शमा लागिपरेका छन् । 
 
करिव २ दशकपछि हुन लागेको स्थानिय तहको निर्वाचनमा स्थानियस्तरमा भिजेको लोकप्रिय व्यक्तिलाई कसरी निर्वाचित गर्ने भन्दै स्थानियस्तरमा छलफल पनि शुरु भएको छ । 
 
बाराको कलैया र जीतपुर सिमरा उपमहानगरपालिका यतिखेर प्रदेश नम्वर २ कै नेता कार्यकर्ताहरुको आँखामा परेको छ । नीजगढ, कोल्वी, सिम्रौनगढ र महागढीमाई नगरपालिका र ९ गाउँपालिकाको नेतृत्वका लागि सबै पार्टीमा चर्चा शुरु भएको छ । 
 
यतिखेर जीतपुर सिमरा उपमहानग्रपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेश केन्द्रित राजनीतिक दलहरुबीच प्रतिष्पर्धाको वातावरण देखिन थालेको छ । प्रमुख राजनीतिक शक्तिहरुबीच प्रतिष्पर्धा भएपनि विशेषगरि प्रतिष्पर्धा चाहि काँग्रेस र एमालेबीच हुने स्थानिय मतदाताहरुमाझ चर्चा हुन थालेको छ । 
 
जीतपुर सिमरा उपमहानगरपालिकामा काँग्रेसबाट उपमहानगरपालिकाका सभापति रहेका श्यामबाबु गुप्ता मेयरको लागि काँग्रेसभित्र रुचाइएको व्यक्तिमा अग्रस्थानमा रहेका छन् । यूवाहरुमाझ लोकप्रिय रहेका यूवा नेता गुप्ता अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गराउने अभियान नै चलाइराखेका छन्। जीतपुर भवानीपुरका पूर्व गाविस अध्यक्ष कृष्णव्रत सिंह रहेका छन्। समानुपातिकको सूचीमा सिफारिस भएका निरु रायमाझी पनि मेयरका आकाँक्षी रहेका छन्। यि तीन मध्ये यूवाहरुलाई नेतृत्व तहमा पुर्यासउनुपर्नेमा काग्रेस कार्यकर्ताहरुको मत पाइन्छ । 
 
जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेबाट मेयरमा सहकारीका केन्द्रीय सदस्य रहेका बारा जिल्लाका पूर्वऽसचिवालय सदस्य डा कृष्ण पौडेल अग्रस्थानमा रहेका छन् । एमाले बाराका सचिवालय सदस्य मनोज पौडेल, एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा र निवतर्मान अध्यक्ष देवनारायण चौधरी पनि मेयरको दौडमा रहेका छन् । 
 
माओवादीका तर्फबाट जीतपुर सिमरा उपमहानगरपालिकामा मेमयरका लागि राजन पौडेल, राजु अधिकारी, धन वहादुर श्रेष्ठहरु आकाँक्षी देखिएका छन्। मधेश केन्द्रीत राजनीतिक दलहरु आन्तरिक रुपमा तयारीमा रहेपनि अहिलेसम्म ति दलहरुबाट आकाँक्षीको रुपमा खासै देखिएका छैनन। 
 
मेयर पुरुष हुँदा उपमेयर महिला हुनै पर्ने वा मेयर महिला हुँदा उपमेयर पुरुष हुनैपर्ने वाध्यकारी व्यवस्थाका कारण यो पटकको चुनाव फरक किसिमले अर्थपूर्ण रहेको छ । जीदतपुर सिमरा उपमहानगरपालिकामा सबै दलबाट पुरुषहरु मेयरमा उमेद्वारको चर्चामा रहँदा उपमेयरमा अहिलेसम्म महिलाको चर्चा समेत भएको छैन । 
 
चुनावको पारो बढ्दै जाँदा महिला उमेद्वारको पनि नाम आउने कार्यकर्ताहरु बताउँछन् । तर चर्चामा समेत महिला उमेद्वारहरुको नाम नआउँदा भने अझै महिला नेतृत्व विकासको लागि काम गर्नुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ