arrow

सम्झौता अवधिमा सडक कालोपत्रे नगर्ने ठेकेदारलाई दैनिक २४ हजार जरिवाना

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
road.jpeg
काठमाडौं । तनहुँ जिल्ला समन्वय समितिले भिमाददेखि माझकोटतर्फको सडकखण्ड कालोपत्रे गर्न ठेक्का लिएको कम्पनीलाई दैनिक २४ हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने कारवाही गरेको छ ।
 
सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने अवधि ६ महिना नाघ्दा पनि कामले गति नलिएपछि स्वच्छन्द मना संयुक्त निर्माण सेवालाई कारवाही गरिएको स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।
 
समितिले उक्त कम्पनीलाई दुई वर्षअघि ८ करोड ७५ लाख रुपैयाँमा ओटासिल प्रकारको कालोपत्रे गर्न ठेक्का दिएको थियो । 
 
राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण परियोजना अन्तर्गत रिसिङ जाने सडक गत भदौमा निर्माण सक्नुपर्ने थियो ।
 
चैत मसान्तसम्म ठेकेदारले दैनिक २४ हजार रुपैयाँ तिर्नुपर्ने भएको हो । एक साताअघिदेखि जरिवाना तोकेपछि ठेकेदारले कामगर्न सुरु गरेका छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ