काठमाडौ । ललितपुरको ग्वार्कोबाट मोबाईल र टेलिफोन तार चोरीको आरोपमा प्रहरीले चार जना युवकलाई प्रहरीले गरेको छ । पक्राउ पर्नेमा नुवाकोट वेलकोट स्थार्इ ठेगानाभर्इ हाल ललितपुर ग्वार्को बस्ने २३ वर्षीय वसन्त तिवारी( गन्ज्याक) र मकवानपुर मनहरी ९ स्थार्इ ठेगाना भई हाल ललितपुर ग्वार्को वस्दै आएका २४ वर्षीय विकाश कार्की छन् ।
चैत्र १३ गते ललितपुर मंगलवजार बाट ईमाडोल तर्फ जादैँ गरेको बसमा सवार रजनी घिमिरेको साथमा रहेको १५००० बरावरको सामसुङ कम्पनी मोवाईल चोरी गरी भाग्ने क्रममा उनीहरुलाई प्रहरीले प्रकाउ गरीएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैको अनुसन्धान भइरहेको छ।
उता, ललितपुरकै भैंसेपाटी छम्मी एरियाबाट १३ गते नै टेलिफोनको तार चोरी गर्ने काभ्रे चौवास ४ का ३० बर्षका रमेश खत्री र नुवाकोट चारघरेका ९ का ४५ बर्षीय विष्णु घिमिरे लाई १८ केजी टेलिफोनको तार सहित पक्राउ गरेको छ उनीहरु दुवै काठमाडौं बालाजुमा बस्दै आएका थिए। पोलहरुमा टाँगिएको नेपाल टेलिकमको टेलिफोनको तारहरु हराउने चोरी हुने गरेको गुनासो बढ्न थाले पछि प्रहरी टोलिले रात्रि गस्तीलाई बडाएको छ।