arrow

धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेसका मात्रै ६ प्रत्यासी, अरु दलका को को ?

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
three-party-news.png
धादिङ । सरकारले तय गरेको स्थानीय तहको निर्वाचनको लागि अन्यत्र जस्तै राजधानीको छिमेकी जिल्लामा पनि निर्वाचनको माहोल तातेको छ । धादिङ जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ र धुनीबेसी सहित दुई नगरपालिका रहेको जिल्लामा अहिले नगरपालिका र गाउँपालिकामा समेत चुनावी माहोल चुलिएको छ । 
 
अहिले मुख्य दलहरुले स्थानीय तहको निर्वाचन आफ्नो कब्जामा ल्याउनको लागि विभिन्न किसिमका रणनीतिक भेला तथा बैठकहरु समेत आयोजना गर्न थालेका छन् । अहिले मुख्य तीन दल भित्र टिकट पाउनको लागि आफ्नै दल भित्र संघर्ष सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको हकमा भने मुख्य दुई दलबीच आफूभित्रै टिकट पाउनको लागि दौडधुप देखिएको छ । टिकट आफूले नपाएको खण्डमा वागी उम्मेदवारी दिनेसम्मको चेतावनी समेत एकले अर्कालाई दिन थालेका छन् । 
 
नगरपालिकाको मेयरको लागि नेपाली काँग्रेसको तर्फबाट ६ जना आकांक्षीहरुको नाम चर्चामा आएको छ । जसमा नारायण श्रेष्ठ, झम्क नारायण श्रेष्ठ र गोविन्द लम्सालको नाम चर्चामा छ । त्यस्तै नन्द प्रसाद रिजाल, दीपक कोइराला र रामकृष्ण अधिकारीको नाम पनि मेयरको रुपमा चर्चामा छ । यी ६बीच टिकट पाउनको लागि नै अहिले दौडधुप बढ्न थालेको छ । 
 
त्यस्तै, नेकपा एमालेको तर्फबाट माधव नेपाल पक्ष र ओली पक्षबीच घमासान प्रतिस्पर्धा हुने देखिएको छ । अहिले विशेषगरी टिकट पाउने सम्भावना रहेका रामकुमार अधिकारी र ओली पक्षको मानिने अर्जुन गोर्खालीबीच टिकटकै विषयमा कडा टक्कर पर्ने देखिएको छ । एकातर्फका हरि अधिकारी र बेद बहादुर खाँडले त अर्जुन गोर्खालीले टिकट पाए भने पार्टीले कारबाही गरे पनि वागी उठेरै छाड्ने अडान राख्दै आएका छन् । यसरी मेयरको विषयलाई लिएर धादिङमा दुई पक्षीय एमाले नेताहरु दुई कित्तामा उभिएका छन् । अहिले धादिङको तीनै क्षेत्रमा एमालेका सांसदहरु विजयी भएका हुन् ।
 
त्यस्तै, नेकपा माओबादी केन्द्रको तर्फबाट भने मनराज भण्डारी शैलेशको नाम मात्रै चर्चामा रहेको छ । अहिलेसम्म दोस्रो व्यक्तिको नाम चर्चामा नरहेकोले माओबादीभित्र भने खासै विवाद देखिँदैन । तर, ठूला दुई दलकोबीचमा भने घमासान युद्ध सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ