arrow

बुथ कब्जा भयो भनेर मात्रै हुँदैन चुनाव स्थगित, के भए हुन्छ त ?

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
Election_local_2074.jpeg
काठमाडौ । सबैले बुथ कब्जा भयो भन्ने सुन्नु भएको होला । तर, बुथ कब्जा भएपनि फेरि निर्वाचन नभएर सोही निर्वाचनलाई स्वीकार्ने गरिन्छ किन ? त्यो विषयमा धेरै मान्छे जानकार नहुन सक्छन् । तर, यो धेरैले नजानेको कुरा पक्कै पनि निर्वाचन आयोगको परिभाषामा बुथ कब्जा भएको मानिने अवस्था र सामान्य मान्छेले बुझेको बुथ कब्जाको परिभाषा भिन्न भएकोले पनि हुनसक्छ यस्तो भएको हो । 
 
निर्वाचन आयोगले तीन अवस्थामा बुथ कब्जा भएको मानिने जनाएको छ । आयोगका अनुसार कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा, कसैले बल प्रयोग गरी वा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतगणना सम्बन्धी अन्य सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा वा मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले माथि उल्लेख गरिए बमोजिमको कार्य गरेमा वा त्यस्तो कार्य गर्न सहयोग पुर्या‍एमा वा अनुमति दिएमा बुथ कब्जा भएको मान्ने गरेको छ । 
 
यसरी मतगणनास्थलको अनधिकृत कब्जा वा बुथ कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनुपर्नेछ । सो प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्या‍एमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
 
तर, प्रतिवेदनको आधारमा जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणनास्थल उपदफा (१) बमोजिम अनधिकृत तवरले कब्जा भएको भन्ने ठहर्या‍एमा त्यसरी कब्जाबाट असर परेको मतदान केन्द्रहरुको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्न सक्ने व्यवस्था आयोगले गरेको छ । 
 
यसरी आयोगबाट मतदान रद्द गरिएमा मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ