arrow

'पार्टीले भन्दा बढी जनताले चाहेका छन्, जसरी पनि तोकिएकै मितिमा चुनाव हुन्छ'

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत १८ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन भित्रै मधेशी मोर्चासंग सहमती हुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै देउवाले मधेशी मोर्चासँग वाता तथा छलफल भइरहेकाले मधेशीमोर्चा पनि निर्वाचनमा सहभागी हुने  विश्वास व्यक्त गरे । 
 
सभापती देउवाले सिमांकन बाहेकका विषयमा सहमती गराउन एमाले र मधेशी मोर्चासँग गम्भीर छलफल भइरहेको बताए । संविधान संशोधन प्रस्ताव फेल हुन नदिन सबैदललाई सहमतीमा ल्याउने प्रयास भइरहेको उनले बताए । उनले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे । वैशाख ३१ गते हुन लागेको स्थानीयतहको निर्वाचनमा सहभागी हुने जनता आतुर रहेकाले अव कुनैपनि बाहानामा निर्वाचनको मिति नर्सने उनले बताए । 
मधेशी मोर्चाका साथीहरु चुनावमा आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले  भने, ‘पार्टी भन्दा जनताले बढी चुनाव चाहेकाले निर्वाचन नरोकिने बताए ।’  मधेशी मोर्चा चुनावमा नआए शाही शासन कालको जस्तो चुनाव गर्ने हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हेर्दै जानुहोला कुन शासनमा चुनाव हुन्छ, अहिलेको प्रजातान्त्रिक शासनमा चुनाव हुन्छ ।’ 
 
आइजीपी प्रकरणमा अदालतले दिएको फैसलामा कस्लाई बनाउने भन्ने विषय नभएको कारण सरकारले आफ्नो विवेकले निर्णय उनको भनाई थियो ।  अदालतको फैसलामा पनि आइजिपि  कस्लाई बनाउने भन्ने विषय बोलेको छैन ।’ उसोभए आइजिपी को बन्छ त भन्ने जिज्ञासामा उनले पर्खेर हेर्न आग्रह गरे ।
 
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन उद्घाटन गर्न सभापति देउवा विराटनगर आएका हुन् । शुक्रबार र शनिबार हुने सम्मेलनले कांग्रेस मोरङको चुनावी रणनीति बनाउने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ