arrow

प्रहरीले देखायो नेविस‌ंघ नेता शाहको हत्या हुनुका ७ कारण

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
rabindra-shah.jpeg
काठमाडौं । जाजरकोट प्रहरीले नेविस‌ंघ नेता रबिन्द्र शाहको हत्यामा संमलग्न २ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। प्रहरीले जाजरकोटका दिल बहादुर लामा  र  ठगेन्द्र बहादुर सिंहलाई पत्रकार सम्मेलन गर्दै मंगलबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले पत्रकार सम्मेलन गरी सो घटनामा राजनीतिक कारण भन्दा पनि व्यक्तिगत रिसिईबी कारण भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले प्रारम्भिक रुपमा यो घटनामा विप्लव नेतृत्वको नेकपा संलग्न रहेको आरोप लगाएको छ । 
 
पत्रकार सम्मेलनमा प्रहरीले ७ वटा कारण भनेर बुँदागत रुपमा उल्लेख गरेको छ । प्रहरीका अनुसार विप्लव माओवादीसँग उनको लामो समयदेखिको मनमुटाव हत्याको कारण रहेकोे प्रहरीको अनुसन्धानले देखाएको छ । त्यस्तै ठेक्का प्रणालीमा जिल्लाकै ठेकेदारहरु पनि रुष्ट हुनुलाई पनि हत्याको कारणको रुपमा अघि सारेको छ । जिल्लास्तरीय ठेक्का प्रणालीमा उनको प्रभाव बढ्दै जानु पनि मूल कारण रहेको बतार्ईएको छ । 
 
मृतकको पछाडि बलियो राजनीतिक पृष्ठभूमि रहनुले पनि उनको हत्या भएको ठहर प्रहरीको छ । त्यस्तै, ढिमे गाविसमा सिमेको सिंचाई कुलोको ठेक्कामा पौरख भन्ने बम बहादुर मल्लसँग सहमति बमोजिम दिनुपर्ने कमिसन नदिनु पनी हत्याको कारण रहेको हुन सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । 
 
गत पौष १३ गते चन्दाको विषयमा शाह र विप्लव माओबादीका कार्यकर्ताहरुबीच पाँचतारे युवा संरक्षण मञ्चको कार्यालयमा हात हालाहाल नै भएको विषयसँगै विप्लवका कार्यकर्ताहरुलाई मागे बमोजिम चन्दा नदिईनु पनि उनको हत्याको मूल कारण भएको प्रहरीको आशंका छ । 
 
प्रहरीले उनको हत्याको विषयमा गरेको पोलिग्राफ रिपोर्टमा हिटलरसिंह राठौंर, भीम बहादुर खत्री र किरण थापा पोलिग्राफ टेस्टमा पनि फेल भएको रिपोर्ट प्रहरीले देखाएको छ । प्रहरीले राठौंरलाई दुईपटक टेस्ट गरेकोमा उनी दुबै पटक फेल भएका हुन् । 
 
त्यस्तै, डिल्ली भनिने डिल बहादुर, दीपेन्द्र बहादुर शाही, बालकृष्ण बुढाथोकी र डम्मर बहादुर सिंहको पोलि ग्राफ टेस्टमा उनीहरुले झुटो नबोलेको प्रहरी रिपोर्टले देखाएको छ । ठगेन्द्रबहादुर सिंहले भने पोलिग्राफ गर्न नमानेको प्रहरीले जनाएको छ । रानाले भने आफूले हत्या गरेको स्वीकारेका छन् । 
 
प्रहरीले शाहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेका दुवै जना नेत्र बिक्रम चन्द बिप्लप निकट माओवादीका सदस्य रहेको प्रहरीले जनाएको छ। शाहलार्इ चन्दा नदिएको आरोपमा माओवादीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुल्न आएको छ। शाहको हत्या आरोप लागेका बलबहादुर मल्ल,  प्रेमबहादुर ओली,इन्द्र शाही, दीर्घबहादुर नेपाली र सुर्खेतका नाम नखुलेका एक भने फरार रहेको प्रहरीले जनाएको छ।
 
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी हत्या भएको थियो ।  प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा एनजीओकर्मीले असुरक्षा महसुस  गर्दै जिल्ला छाडिरहेका बेला प्रहरीले ७ जनाको नाम सार्वजनिक गरेको हो । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ