arrow

लागु औषध नियन्त्रण गर्न स्याङजा प्रहरी बन्यो सक्रिय

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत २२ मंगलबार
syangja-police.jpeg
 स्याङ्जा । पहाडी जिल्लाले भारतीय सिमाना जोड्ने मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । लागुऔषध नियन्त्रण गर्न नेपाल प्रहरीलाई अत्यन्तै सकस भइरहेका बेला स्याङ्जा प्रहरी यति बेला सक्रिय हुन थालेको छ । 
 
प्रहरीले बिभिन्न समयमा लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ गर्न सफल भएपनि लागु औषधमा संगलग्न हुने नाइके अहिले सम्म पक्राउ गर्न सकेको भने छैन । नेपालकै पर्यटकीय क्षेत्र पोखरालाई लागुऔषधको ट्रान्जिट प्वाइन्ट हो भन्दै आएको प्रहरीले पछिल्लो समय सिद्धार्थ राजमार्गमा सुरक्षा गस्तिलाई प्रथामिकताका आधारमा बढाएको छ । जसका कारण एक महिनाको दौरानमा वडा प्रहरी कार्यालय वालिङले विभिन्न नामका लागुऔषध २ सय भन्दा बढी सहित युवक नियन्त्रणमा लिन सफल भएको थियो । 
 
पक्राउ गर्न सफल भएको प्रहरीले सोमवार फेरी ठुलोमात्रमा सवारी साधन सहित लागुऔषध र दुई जनालाई पक्राउ गरेको छ । राजमार्गमा सुरक्षा गस्ति बढाए सगै स्याङ्जामा लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय बनदै आएको छ । वडा प्रहरी कार्यालय वालिङमा पौषको दोस्रो साता आएका प्रहरी निरिक्षक चिनकपुर गुरुङले स्याङ्जाको मध्यभागमा रहेको सिद्धार्थ राजमार्गलाई लागुऔषधको सबै भन्दा बढी ओसारापसारको प्वाइन्टको विषयमा अनुसन्धान वाट थाहा पाएपछि सुरक्षा गस्तिलाई तिब्रता दिएका थिए । सुरक्षा निकायको गस्ति बढाए सगै प्रहरीले ठुलोमात्रमा सवारी साधन सहित लागुऔषध सहित ओसार पसारमा संलग्न व्याक्तिलाई नियन्त्रयामा लिन सफल भएको छ । 
 
लागुऔषधको प्रयोगबाट युवाहरुमा देखिएको विकृतिलाई देखेर हामीले विशेष सुरक्षा योजना तयार गर्‍यौ प्रहरी निरिक्षक गुरुङ्ले भने हामीलाई ढुक्क छ स्याङ्जामा लागुऔषध नियन्त्रण गर्ने छौं । वेरोजगार र विपन्न भएका कारण यस्तो व्यवसायमा लाग्न युवाहरु बाध्य भएको हामीले पाएका छौ उनले भने । प्रहरीले सार्वजनिक गरेको लागुऔषध प्रयोग र ओसारपसारमा संलग्न रहेका दुई युवालाई सवारी साधन सहित पक्राउ छ ।
 
 प्रहरी निरिक्षक गुरुङका अनुसार कास्की पोखरा लेखनाथ उपमहानगरपालिका ८ बस्ने बर्ष ३६ का ठिन्ले छोम्फेल र सोही ठाउका बर्ष ३६ का तेन्जिन योन्डेन लाई २ सय ५१ थान लागुऔषध सहित पक्राउ गरेको छ । 
 
निजले भारतको सिमाना सुनौलीबाट पोखरा लैजादै गर्दा शंककाको आधारमा चेकजाच गर्ने क्रममा ग १ च २१५० नम्वरको मारुतीभेमा फेला पारेको प्रहरीले जनाएको छ । भेनको सिट मुनी पत्रिकाले बेरेको अवस्थामा हामीले फेला पारेका हौं निरिक्षक गुरुङ्ले भने खानतलासी गर्दा ठुलो मात्रमा लागुऔषध फेला पर्‍यो । 
 
मुलुकमा स्थानीय निकायको निर्वाचन नजिकिदै गरेका कारण पनि लागुऔषध प्रयोग गरि अन्य अपराधीक क्रियाकलाप नहोस भनेर हामी अझै सक्रिय भएका छौ उनले भने । प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध अनुसार नोफिन ८३, फेरागन ८४ र डाइजेपाम ८४ गरी २ सय ५१ थान लागु औषध सहित दुई युवार र प्रयोग गरिएको साधन अहिले वडा प्रहरी कार्यालय वालिङमा नियन्त्रण लिएर अनुसन्धान गरेको छ ।
 
 भारतबाट भित्रिने लागु औषधमा सबै भन्दा बढी स्थानीय भन्दा बाहिरी जिल्ला व्याक्तिको प्रयोग हुदै आएको प्रहरीले जनाएको छ । लागुऔषध पुर्णरुपले नियन्त्रण गर्नका लागि अभिभावकले सहयोग गर्न सकेमा नेपालमा यसको प्रभाव कम हुने देखिन्छ । 
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ