arrow

रत्नराज्य स्ववियु कार्यसमितिले पूर्णता पायो

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
rrcampus.jpeg
काठमाडौँ । चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु कार्यसमितिले पूर्णता पाएको छ । समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए । 
 
उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए । 
 
“अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाउनु भएको छ” उनले भने– “स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।” 
 
प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका अनुसार समानुपातिक मतको आधारमा अनेरास्ववियुले पाँच, नेपाल विद्यार्थी सङ्घले तीन, अनेरास्ववियु क्रान्तिकारी र संयुक्त प्यानलबाट एक÷एक जना स्ववियु कार्यसमितिमा आएका छन् । 
 
स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु उपाध्यक्षमा श्रीकृष्ण उप्रेती र सहसचिवमा इन्द्रहाङ राईलाई चयन गरिएको जानकारी गराए । 
 
एक्काइस सदस्यीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य निर्वाचित भएका थिए भने समानुपातिकबाट उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत प्राप्त मतको आधारमा निर्वाचित गर्ने व्यवस्था रहेको थियो । 
 
यसैबीच, सर्वोच्च अदालतले आरआरमा भएको निर्वाचन बदरको माग गरी दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने भएको जनाएको छ । 
 
मङ्गलबार न्यायाधीश दीपक जोशीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो । 
 
अनेरास्ववियु क्रान्तिकारीका धु्रवराज वाग्लेले चैत १५ गतेको स्ववियु निर्वाचन बदर गर्न माग गदै चैत १६ गते सर्वोच्च रिट दायर गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ