arrow

ज्ञानेन्द्रका नातीको ब्रतबन्ध भोजमा सहभागि हुन सोल्टी पुगिन् राष्ट्रपति

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
granendra-bidhya_g.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रको ब्रतबन्ध भोजमा सहभागि भएकी छन् । केही दिनअघि बसन्तपुरमा ब्रतबन्ध भएकामा विहिबार होटल सोल्टीमा ब्रतबन्ध भोज राखिएको हो ।
ज्ञानेन्द्रले पूर्व राजाको हैसियतले दिएको निमन्त्रणालाई स्वीकार गर्दै राष्ट्रपति भण्डारी हृदयेन्द्रको ब्रतबन्धको भोजमा सहभागि भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
 
राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रबीच दोश्रो पटक पारिवारिक रुपमा शुभकामना आदानप्रदान भएको हो । यसअघि ज्ञानेन्द्र राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह समारोहमा सहभागि भएका थिए ।
 
पूर्वराजाले नातीको ब्रतबन्ध भोजमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेपनि व्यवस्ताताका कारण सहभागि भएनन् । राष्ट्रपति भण्डारीसँगै राजनीतिक दलका अन्य नेताहरु पनि भोजमा सरिक भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ