arrow

आयोगले द्वन्द्व पीडितको घाउ झनै चर्काएको आरोप

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ चैत २७ आइतबार

पाँचथर । संक्रमणकाल अन्त्यका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले द्वन्द्व पीडितलाई न्याय दिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

स्थानीय शान्ति समिती पाँचथरको आयोजनामा पाँचथर सदरमुकाम फिदिममा आईतबार आयोजित न्यायका लागि द्वन्द्व पीडितको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने द्वन्द्व पीडितहरुले यस्तो बताएका हुन् ।

आयोगले खाटो बसिसकेको द्वन्द्व पीडितको घाउ मेटाउँला भन्ने आशा गरिएपनि झन्ै उल्टो त्यो घाउँलाई बल्झाएको भन्दै यथाशक्य चाँडो आफूहरुलाई न्याय दिने किसिमबाट आयोग अघि बढ्नुपर्ने उनीहरुले आयोगलाई सुझाएका छन् ।

कार्यक्रममा बोल्दै द्वन्द्व पीडित अम्बिका न्यौपानेले आयोगले २ वर्षको अवधिमा कुनैपनि उपलिब्धमूलक काम गर्न नसकेको भन्दै अब थपिएको एक वर्षको अवधिमा द्वन्द्व पीडितलाई न्याय दिने काम गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई सुझाव दिईन् ।

यस्तै अर्का द्वन्द्व पीडित नारायण कोइरालाले आयोगको विश्वास गुमेको भन्दै गुमेको विश्वासको साख बचाउन भएपनि थपिएको एक वर्षको अवधिमा आयोगले द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने बताए ।

कार्यक्रममा द्वन्द्व पीडितका तर्फबाट गोपाल न्यौपाने, दिल बहादुर थाम्सुहाङ, टिकादेवी राई लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा द्वन्द्व पीडितको जवाफ दिँदै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य प्रवक्ता डाक्टर माधवी भट्टले आयोग विवादमा फसेर पनि काम गर्न नसकेको भन्दै अब थपिएको एक वर्षको अवधिमा पनि ५२ हजार उजुरीको अध्ययन गर्न नसकिने बताईन् । उनले भनिन्,“छिटो अध्ययन गर्ने भन्दैमा पीडितलाई न्याय पाएको अनुभूति हुने किसिमबाट हामीले काम गर्नुर्पदछ, त्यसैले बरु समय लागोस् तर द्वन्द्व पीडितले न्याय पाएको अनुभूति गर्न सकोस् ।”

यस्तै कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा प्रवक्ता डाक्टर बिष्णु पाठकले आयोगले आगामी ०७४ माघ २६ भित्रमा सम्पूर्ण कार्य सम्पादन गरिसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ