arrow

सरकार परिवर्तनको डरलाग्दो खेल, माओवादी र काँग्रेस फुटाउने रणनीतिमा एमाले

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
3party.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन मुखमै आइरहेको छ। दलहरु आन्तरिक तयारीमा पनि लागेका छन्। तर यसबीचमा ठूलो षडयन्त्र नेपालमाथि हुँदैछ। त्यो पनि सरकार परिवर्तनको खेल बनाएर मुुलुकलाई फेरि अर्को दलदलमा धकेल्ने। 

छिमेकी मुलुकहरु आपसमा स्वार्थ पूरा गर्न नेपालमा खेलिरहँदा समस्या भएको हो। भारतले विमलेन्द्र निधिलाई सरकारको नेतृत्व गर्न खुवै कसरत गर्दागर्दै विमलेन्द्र निधि नै संकटमा परेका छन्। 

उनका भारतीय सारथीहरु सबै केन्द्रीय राजनीतिको लाइमलाइटमा नभएकाले उनीहरु निधिलाई सघाउन सक्ने स्थितिमा छैनन्।

भारतीय केन्द्रीय सोच भने संविधान संशोधन गरी मधेसी मोर्चाका माग संवोधन गरेपछिमात्र निर्वाचन होस् भन्ने चाहन्छ। उसलाई अहिले सरकार परिवर्तनको हतारो छैन। भारत यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा पनि खुलेर लागेको छैन।

तर प्रचण्डले भारतको अहित गर्दैनन् भन्नेमा आशावादी छ। प्रचण्डले पनि भारतको कुनै क्षति नगर्ने जनाइसकेका छन्। आखिर भारतकै तजबिजीमा उनी प्रधानमन्त्री बनेका हुन्।

तर महत्वाकांक्षी प्रचण्डलाई यसपटक चीनले राम्रोसँग प्रयोग गर्दैछ। आफ्ना समकक्षीसमेत नभएका बेलामा अनि कुनै एजेन्डा बिना नै राजकीय भ्रमणका नाममा उनी चीन जानु आफैमा रहस्यात्मक थियो। तर अहिले फर्किएर आइसकेपछि भने त्यसको पूर्ण छनक दिएका छन्। 

काँग्रेससंग गरेको जेन्टलमेन एग्रिमेन्ट (भद्र सहमति) अनुसार प्रचण्डले बढीमा चुनावपछि सरकार छाड्नु पर्नेछ। त्यसो त उनी साउनमा सरकारमा जाँदा नौ महिनेमात्र कार्यकाल लिएर गएका थिए।

तर कम्युनिष्ट नीतिले अहिले काँग्रेसलाई कुनै पनि हालतमा सरकारको नेतृत्व गर्ने अवसर नदिन नयाँ चक्रव्यूँह रचेको छ। त्यो रचनाअनुसार अबको गठबन्धन माओवादी, एमाले र राप्रपासमेत सहभागी हुनेछ। 

विश्वस्त उच्चस्रोतका अनुसार अहिले विभिन्न चरणमा वार्ता भइरहेका छन्। प्रचण्ड आफ्नै नेतृत्वमा नयाँ गठबन्धन बनाउने तयारीमा रहेका छन्। तर यसमा एमालेले भने फरक नेतृत्व चाहेको छ । एमालेले भारतलाईसमेत मान्य हुन सक्ने गरी बामदेव गौतमलाई नेतृत्व सुम्पनु पर्ने सोच केपी ओलीको छ।

यता एमालेबाटै माधवकुमार नेपाल भने आफू प्रधानमन्त्री बन्नुपर्नेमा लागिरहेका छन्। उनले भारतीय नेताहरुसँग साँठगाँठ बढाइरहेका छन्। यो साँठगाँठले उनी आफूनै प्रधानमन्त्री बन्ने हो भनेजसरी आफ्नो खेमाका नेता तथा कार्यकर्तासँग व्यवहार गरिरहेको उनी निकटकै एक नेताले बताएका छन्।

तर काँग्रेसलाई जसरी पनि सिध्याउन चीनले अख्तियारी गरे जसरी प्रचण्ड लागिरहेको स्रोत बताउँछ। बैशाख ३१ गते कुनै पनि हालतमा चुनाव सकिने छैन। चुनाव नै गर्नुपरे बैशाख ३१ मा केही भागमा र कार्तिकतिर बाँकी भागमा चुनाव गर्ने तयारी हुँदैछ।

यो भनेको अस्थिरतामा धकेलेर मुलुकलाई आफ्नै मुठ्ठीमा राख्ने षड्यन्त्रमात्र हो। चुनावको रटान रटिरहने माओवादी र एमालेका उच्च तहका नेताहरुबीच नेपालमा कम्युनिज्मको झण्डा गाडिरहन काँग्रेसलाई टुक्राटुक्रा पार्ने राम्रो अवसर अहिले बनेको हो। ग्राइन्ड डिजाइनअनुसार नै राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याइएकोसमेत स्रोतले बताएको छ। 

थापालाई दोस्रो वरियता दिन काँग्रेस सभापति शेरबहादुर देउवालाई मनाउने र उनलाई भित्र्याएपछि काँग्रेस आन्तरिक किचलोमा फस्नेसमेत आँकलन सफल भएको छ। त्यसअनुसार अहिले देउवा क्याम्पका निधि अलपत्र परेसंगै रामचन्द्र पौडेलले च्याप्न खोजेका छन्। काँग्रेस टुक्रिएपछि सरकार कसरी चलाउने भन्ने रणनीतिसमेत केपी ओलीले बुझेका छन्। 

केपी ओली सरकार बाहिर बसेर पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण बन्न प्रचण्डलाई सुझाएका छन्। उनले बामदेवलाई सरकारको नेतृत्व सुम्पने तर बाहिर बसेर प्रचण्ड र ओलीले सरकार ह्याण्डिल गर्ने सहमति बन्दैछ। 

केही सिटका लागि राप्रपा तयार छँदैछ। उनीहरुको बुझाइ छ राप्रपा अध्यक्ष थापा पदका भोका छन् उनलाई प्रयोग गर्न सकिन्छ।

बैशाख ३१ मा चुनाव गर्नुपर्नेमा अहिलेसम्म ब्यालेट बक्स नै अड्किएको छ। आखिर सरकार परिवर्तनको खेलमा लागेर दलहरु लडाउन चीन लागेको हो भने सफल हुने छाँटसमेत ल्याएको छ।

चीनले कुनै पनि विषयमा हात हाल्दैन, हाले छाड्दैन भन्ने उदाहरण पहिल्यैदेखि नै विश्वमा दिइरहेको छ। (जनभावना साप्ताहिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ