arrow

स्थानीय निकायमा नेविसंघको धपेडीः प्रदेश नं ४ मा यसरी तात्यो

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
nsu-pokhara.jpg

कास्की । हालै प्रदेश नं ४ भित्र स्ववियु निर्वाचन सम्पन्न भएका ३२ क्याम्पस मध्ये २४ क्याम्पसमा विजय हासिल गरेको नेपाल विद्यार्थी संघ नेविसंघले अबको ध्यान स्थानिय तहको निर्वाचनतर्फ केन्द्रित गरेको छ । 

आइतवार पोखरामा प्रदेश नं ४ का संयोजक डिल्लीराम सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचन विशेष कार्यक्रम तथा रणनिती तय गरेको छ । 

चैत्र ३० गते पोखरामा हुन लागेको कांग्रेस आमसभामा प्रत्येक जिल्ला र क्याम्पसबाट विद्यार्थीको सहभागिता गराउन कार्य विभाजन र बैशाख ६ गते ४८ औं स्थापना दिवसदेखि निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष अभियान प्रदेश भित्रका १०३ वटै स्थानीय तहमा प्रभावकारि ढंगले सञ्चालन गर्न प्रत्येक तहमा कम्तिमा २५ सदस्यीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

वैशाख ६ देखि सुरु हुने प्रशिक्षणमा स्थानीय सरकारको महत्व, कांग्रेसका एजेण्डा मतदाता शिक्षा र निर्वाचन रणनीतिबारे सुसुचित गरिने र बैशाख ११ को लोकतन्त्र दिवशका अवसरमा विविध रचनात्मक अभियान गर्न लागेको छ । 

साथै यो निर्वाचनमा गुटबन्दि नहेरि सकारात्मक छवि भएका सिर्जनशिल युवाहरुलाई उम्मेदवार बनाउन पार्टि समक्ष विशेष आग्रह गर्ने निर्णय गरेको छ । 

बैठकले सिद्धार्थ बहुमुखि क्याम्पस स्याङजाका स्व वि यु अध्यक्षका प्रत्यासि एवम् इकाई अध्यक्ष रीमा क्षेत्रीको आकस्मिक मृत्युवरणका प्रति शोक व्यक्त गर्दै स्व क्षेत्रीलाई मृत्युवरण गर्न बाध्य पार्ने दोषिलाई कानुनी दायरामा ल्याउन प्रशासनबाट ढिलासुस्ती भएकोमा आपत्ति व्यक्त गर्दै तत्काल संवेदनशिल ढंगबाट अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई दोषिलाई कडा भन्दा कडा कारबाहि गर्न प्रशासन समक्ष जोडदार माग गरेको छ ।

बैठकमा प्रदेश समितिको कार्यालय पोखरामा स्थापना गरि संघका गतिविधिहरु कार्यान्वयन तथा अनुगमन गर्ने निर्णय गरिएको कुरा संयोजक सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ