- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । विराटनगर स्थित नोवेल अस्पतालले गरिव तथा असहाय विरामीहरुका लागी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न शुरु गरेको छ ।
अस्पतालले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवाको आरम्भ गरिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार सरकारले तोकेको ती सातवटा रोगका विरामीहरुलाई नोवेल अस्पतालमार्फत एकलाखसम्मको उपचार सुविधा निशुल्क रुपमा उपलव्ध हुने छ ।
विपन्न नागरिकहरुलाई मुटु रोग, हेडइन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन र मृगौला रोगको हेमोडाइलाइसी गर्नका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालिएको अस्पतालका निर्देशक राजेश नेपालले बताए ।
उपचारको अभावमा कुनैपनी व्येक्तिको मृत्यु नहोस भन्नका लागी स्वास्थ्य मन्त्रालयको एकलाख रुपैयाँ सम्मको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाएको हो । नेपाल सरकारले सातवटा रोगको उपचारका लागी दिइने एकलाख रुपैयासम्मको निशुल्क सेवाले विरामीलाई निकै राहत पुग्ने डाक्टर नेपालको भनाई छ ।
नेपाल सरकारले नोवेलमा यो सेवा संचालनमा ल्याएपछी अव विपन्न नागरिकहरुले उपचारका लागी राजधानी धाउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नोवेललाई सुचिकृत अस्पतालको रुपमा अनुमति दिएपछि नोवेल अस्पतालले सो सेवा शुरु गरेको हो ।
यो सुविधा लिनका लागी विरामीले स्थाइ वसोवास भएको गाउ पालिका तथा नगरपालिकावाट सिफारिस लिई जिल्ला जनस्वास्थ्य कार्यालयमा आवेदन दिई सिफारिस समिति मार्फत उपचारका लागी सिफारिस गाराउनुपर्ने प्रावधान रहेको छ ।
सरकारले तोकेको निशुल्क स्वास्थ्य सेवाका लागि यसअघि राजधानी काठमाण्डौको सरकारी अस्पताल विर अस्पताल, ट्रमा सेन्टर र मुटु रोगका लागि गंगालाल हृदय रोग निवारण केन्द्रमा संचालनमा रहेको छ ।