arrow

गुणस्तरीय पानी सुपथ मूल्यमा उपलब्ध नगराए ट्याङकर बन्द गराउन मन्त्री शाहीको निर्देशन

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
mantri-shahi.jpeg

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीसँग ट्याङकर ब्यावसायी र डिपट्युबवेल संचालकहरु भेटेर गुणस्तरीय पानी सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्‌धता व्यक्त गरेका छन्‌ । खानेपानी मन्त्रालयले उपत्यकाका पानी ट्यांकर ब्यावसायी र डिपट्युबवेल संचालकहरुलाई मन्त्रालयमा आमन्त्रण गरेर कानूनी प्रक्रियामा आउन निर्देशन दिएपछि उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

खानेपानीमन्त्री जिवनबहादुर शाही र सचिव भीम उपाध्यायसहितको उपस्थितिमा भएको भेटमा व्यबसायीहरुले सरकारले गरेको निर्णयलाई पालना गर्न आफू तयार रहेको बताए । व्यवसायीहरुले आफ्ना समस्या र गुणस्तरीय पानी सुपथ र सरल तरिकाले वितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सरकारलाइ यसमा आइपर्न सक्ने समस्याहरुबारे अवगत गराएका थिए । 

मन्त्रालयले पनि सबैका जायज गुनासालाइ क्रमशः ब्यवस्थित एवं समाधान गर्दै लैजाने बताएको छ । ब्यावसायीहरुले यस अघि कैयन महिना प्रयास गर्दा पनि मन्त्री र सचिवसंग भेट्ने अवसर उपलब्ध हुन नसकेकोमा अहिले यसरी सहज ढंगमा भेटेर आपसमा छलफल गर्न र समस्या सुनाउन पाउँदा अपनत्व महसुस गरेको र धेरै खुशी लागेको बताए । 

मन्त्री शाहीले जनतालाई कसैले ठग्न नहुने कुरामा सचेत गराउँदै ट्यांकर र डिपट्युबेलले अनिवार्य रुपमा संचालन अनुमति लिनुपर्ने बताए । मन्त्री शाहीले आफू जनताको हितमा काम गर्ने भन्दै व्यवसायीहरुले पनि यसलाई बुझ्नुपर्ने धारणा राखे । उनले सुपथ मुल्यमा खानेपानी वितरण नभए कार्वाही गर्न मन्त्रालयलाई निर्देशन पनि दिए । 

उपत्यकामा अहिले करिब ६०० ट्यांकर छन् भने दैनिक ५ करोडलिटर जति पानी बेचिरहेको तथ्यांङ्क रहेको छ । १५० ट्यांकर २० वर्ष पुराना भएकाले तिबाट पानी वितरण गर्न सकिएको छैन। पानीको अभावका कारण मेलम्चीको पानी नआउदासम्म २० वर्ष पूराना ट्यांकरलाइ पानी वितरण गरी जनतालाइ राहत दिन सरकारसंग व्यवसायीले अनुरोध पनि गरेका छन् । मन्त्रालयले यसमा पहल गर्ने र यसबारे छिट्टै छलफल गरी उचित निर्णय लिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ