arrow

पोखरामा उर्लिएको जनसागर देखेपछि देउवाले भने– ओली जी यहाँ हेर्न आउनुस् सातो उड्छ

चुनावमा काँग्रेसलाई पार्टीभित्रैको अन्तर्घात खतरा

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
congress-pokhara-mass-meeting.jpg

कास्की । काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गर्दै आफ्नै पार्टीभित्रको अन्तर्घात खतरा हुने बताएका छन् । पोखराको चिप्लेढुंगामा बुधबार ४ नम्बर प्रदेशस्तरीय ‘वृहत आमसभा’लाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय चुनावमा आफ्नै पार्टीभित्रको अन्तर्घातको शंका गरे । देउवाले काँग्रेस अन्तर्घातीबाटमात्रै सतर्क रहनुपर्ने बताए ।

देउवाले भने, ‘हाम्रो पार्टीको सबैभन्दा ठूलो रोग अन्तर्घात हो,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘अन्तर्घात गर्न कसैलाई पनि छुट छैन । अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही हुन्छ ।’ पोखरामा उर्लिएको जनसागर देखेर आश्चर्य परेका देउवाले पार्टीको आन्तरिक समस्या र व्यवस्थापनबारे चिन्ता प्रकट गरे ।

Image may contain: 2 people, crowd and outdoor

स्थानीय तहको निर्वाचनमा अधिकतम सहमति जुटाएर गाउँमा उम्मेद्वार उठाउन देउवाले निर्देशन दिए ।
देउवाले जित्ने उम्मेदवारलाई मात्र टिकट दिन भने । ‘सबै ७–८ सय उम्मेदवार चयन काठमाडौंले हेर्न भ्याउँदैन । कसले जित्न सक्छ स्थानीय नेतालाई थाहा हुन्छ । जित्न सक्नेलाई मात्र टिकट दिने हो,’ देउवाले भने ।

उनले भने, ‘नगर र गाउँपालिकाको निर्वाचनका लागि उमेदवारीको टिकट दिन योग्य प्रतिनिधि चयनको अधिकार क्षेत्र र जिल्ला कार्यसमितिलाई दिइएको छ ।’ देउवाले अगाडि थपे, ‘पार्टीको क्षेत्रीय र जिल्ला समितिले मात्रै आफ्ना ठाउँबाट को योग्य हो भन्ने थाहा पाउन सक्छ, केन्द्रमा नामावली पठाएर सही मान्छे चिन्न सकिँदैन ।’

Image may contain: 1 person, crowd, stadium and outdoor

२०१५ सालको वीपी कोइराला नेतृत्वको सरकारको स्मरण गर्दै देउवाले मुलुकमा समावेशी अधिकारका अवसरको अभ्यासमा काँग्रेस अग्रणी रहेको जिकिर गरे । ‘कर्णाली, महिला, मधेसी, आदिवासी जनजाति, दलित, समाजमा पछि परेकाहरूले अधिकार पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता हो,’ देउवाले भने, ‘पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा पनि त्यो बेला लडाइँको अग्रमोर्चामा हुने आदिवासी जनजाति हुन्, यो देश सबैको हो ।’ अधिकार माग्दा एमालेले मधेसीलाई चिढ्याएको आरोप लगाउँदै देउवाले कांग्रेसलाई जिताए वृद्धाभत्ता दोब्बर गराउने पनि बताए । ‘हामी पैसा ल्याउने, अरुले वृद्धाभत्ता हामीले दिएको भनेर फुर्ती लाउने ?’ देउवाले भने, ‘कांग्रेसलाई जिताउनुस् । हामी वृद्धाभत्ता दोब्बर गराउँछौं । हामी तपाईहरुका समस्या बुझ्दछौँ ।  

Image may contain: one or more people and outdoor

पोखराको बीपी चोकमै एमालेले गरेको आमसभामा अध्यक्ष केपी शर्मा ओलीले एमालेको जस्तो आमसभा कसैले गर्न नसक्ने भनी गरेको जिकिरतर्फ संकेत गर्दै देउवाले भने, ‘ओली जी यहाँ हेर्न आए हुन्छ । सातो उड्छ ।’ पोखरामा अहिलेसम्म भएका कुनै पनि पार्टीका आमसभामा यति धेरै जनता सहभागि नभएका बताइँदैछ । काँग्रेस नेताहरुले नेपाली काँग्रेसको इतिहासमा यो अभूतपूर्व शक्तिप्रदर्शन भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ