arrow

त्रिपुरा सुन्दरी नगरपालिकामा काँग्रेसबाट एक्लो उम्मेदवार 

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
dolpa.jpeg

दुनै । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार प्रस्ताव गरिएको छ । 

गत बुधबार त्रिपुरा सुन्दरी नगरपालिकास्थित वडा नं ५ खदाङमा पार्टी सभापति अङ्गतकुमार बुढाको अध्यक्षतामा भएको जिल्ला कार्यसमिति तथा स्थानीय नेताहरुसँगको छलफलबाट एक्लो उम्मेदवारका रुपमा दिलबहादुर विष्टको नाम प्रस्ताव गरिएको हो । 

यस नगरपालिकाको नगर प्रमुखका रुपमा छलफल नहुँदै पनि विष्टको नाम उम्मेदवारका रुपमा चर्चामा ल्याइएको थियो । 

उक्त छलफलमा नगरपालिकाको उपप्रमुखको उम्मेदवारबारे भने छलफल नभएको पार्टी सभापति बुढाले जानकारी दिए । 

आउँदो वैशाख पहिलो साताभित्रै काँग्रेसले जिल्लाका सम्पूर्ण स्थानीय निकायको प्रमुख तथा उपप्रमुखको नाम प्रस्ताव गरिसक्ने बुढाले बताए । 

उम्मेदवार विष्ट पूर्व पार्टी जिल्ला सभापति तथा पूर्व महासमिति सदस्यसमेत हुन् । 

एमालेबाट नाम सिफारिस 

एमाले नगर कमिटी, त्रिपुराकोटले त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ । 

नगर प्रमुखमा ओमबहादुर बुढा र विमाकर पहाडीको नाम सिफारिस गरी जिल्ला कमिटी पठाइएको छ । 

कमिटीका सहसंयोजक विश्वचन्द्र डसालले छलफलमा सहमति कायम गरेर दुईजनाको नाम सिफारिस गरेको जानकारी दिए । 

महिलातर्फ उपप्रमुखको एक्लो उम्मेदवारका रुपमा चन्द्राकुमारी बुढाको नाम सिफारिस गरिएको छ । 

नगर प्रमुखको सिफारिसमा परेका बुढाले २०६४ को संसदीय चुनावमा चुनाव लड्नुभएको थियो र उनी पूर्व जिविस सभापतिसमेत हुन् । 

नगर प्रमुखमै सिफारिस भएका अर्का उम्मेदवार पहाडी भने युवा नेताका रुपमा परिचित छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ