arrow

काँग्रेसको चुनावी कार्यालयमा अज्ञात समूहले आगो लगायो, एक घाइते 

हतास मानसिकता भएकाहरु काँग्रेससंग डराएको भन्दै खुलेर सामना गर्न चुनौती

logo
धर्मेन्द्र बीसी,
प्रकाशित २०७४ वैशाख ४ सोमबार
congress-flag-fire.jpg

लम्की। कैलालीको लम्कीचुहा नगरपालिका ८ गप्कामा रहेको नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार तथा वडा सम्पर्क कार्यालयमा आगजनी हुनुका साथै पार्टी कार्यालय तोडफोड गरिएको छ । 

आइतबार राति करिब ११ बजेतिर ४ जनाको अज्ञात समूहले पार्टी कार्यालय तोडफोड गर्नुका साथै पार्टीको झन्डा, चुनाव चिन्ह रहेको झन्डा जलाउनुका साथै पार्टी कार्यालयसंगै बस्दै आएका ३२ बर्षिय डबल बिष्टलाई कुटपिटसमेत गरेका छन् । 

डबल बिष्टले भने ‘म सुतिरहेको अवस्थामा राति ११ बजे तिर पार्टी कार्यालय तोडफोड र झन्डा जलाएको थाहा पाएपछि आफु बाहिर निस्केको र बाहिर निस्किने बित्तिकै एक्कासी आक्रमण गरे ।’

मुखमा रातो रुमाल बाधेका ४ जनाको अज्ञात समुहले पार्टी कार्यालय तोडफोड र कुटपिट गरेको  उनले बताएका छन् । 

उक्त पार्टी कार्यालयसंगै रहेको नेकपा एमालेका झन्डा केही नहुनु र नेपाली काँग्रेसको पार्टी कार्यालयमाथि तोडफोड हुनुमा षडयन्त्र पुर्वक र पूर्व योजना अनुसार उक्त घटना भएको नेपाली काँग्रेस कैलाली क्षेत्र नं २ का क्षेत्रिय सभापति भक्तबहादुर थापाले  बताए । 

नेपाली काँग्रेसको जनमासलाई देखेर बिपक्षीहरुलाई सहनसिलता हुन नसकेर कोहि नभएको बेला पार्टी कार्यालमा आक्रमण गरी तोडफोड गरेको नेपाली काँग्रेसका युवा नेता लबबहादुर शाहीले बताए । 

यस्तै नेपाली काँग्रेस कैलाली क्षेत्र नं २ का  पूर्व क्षेत्रिय सभापति  देवानन्द जैशीले कमजोर मानसिकता भएको राजनितिक दल जुन स्थानिय तहको  निर्वान नजिकिदै गर्दा आफूलाई कमजोर सम्झेर राति ११ बजे पार्टी कार्यालय माथी आक्रमण गरेको बताएका छन् । 

यस घटनाबारे नेपाली काँग्रेसका नेता कार्याक्रताले घोर आपत्ति समेत जनाएका छन् । 

कैलाली जिल्ला सभापति मनु शाहीले विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेका छन् । उनको विज्ञप्तिमा हतास मानसिकता भएकाहरु काँग्रेससंग डराएको भन्दै खुलेर सामना गर्न पनि चुनौती दिएका छन् । 

 पार्टी कार्यालयमा भएको तोडफोड र कुटपिटको घटनाबारे छानबिन भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ