arrow

निधिको ट्वीटलाई लिएर प्रचण्डसँग फायर भए बामदेव, टेलिफोनमै मेटाए झोंक

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
bamdev-news-a.jpg

काठमाडौं। गृहमन्त्री विमलेन्द्र निधिले गरेको ट्वीटलाई लिएर एमाले कार्यवहाक अध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर चुनाव नगर्ने हो ? भनेर सोधेका छन्। प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर गृहमन्त्री निधिको अभिव्यक्तिबारे सोधेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

आचार्यले भने, ‘टेलिफोन कुराकानी भएको हो । उताबाट के भन्नु भो थाहा भएन । प्रधानमन्त्रीले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास दिलाउनु भयो ।’ एमाले कार्यवहाक अध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री दाहाललाई फोन गरेर गृहमन्त्री निधिको अभिव्यक्तिबारे कुरा राखे । यस्तै, गौतमले प्रधानमन्त्रीलाई चुनाव नगर्ने हो ? भनेर सोधे ।

जवाफमा प्रधानमन्त्रीले कुनै हालतमा चुनाव नरोकिने भनेको कार्यवहाक अध्यक्ष गौतमले बताएका छन् । सरकारले भित्रि रुपमा मधेसी मोर्चा नआएपनि निर्वाचन गर्ने तयारी गरेको बताइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा अझै स्थानीय तहको संख्या बढाउनु पर्नेमा बार्गेनिङ गरिरहेको छ । अन्तिम समयसम्म प्रयास गर्ने र नआए पनि चुनाव नरोकिने बताइँदैछ ।

यद्यपि, मधेसी मोर्चा चुनावमा आउन सहमत भए दुई चरणको निर्वाचनमा जान सकिने विकल्प पनि अघि सारिएको छ । काँग्रेस एवं गृहमन्त्री निधिले मध्यरातमा ट्वीट गर्दै स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रवन्ध मात्रै पर्याप्त नहुने, राजनीतिक व्यवस्थापन अपरिहार्य भएको तर्क गरेका थिए । गृहमन्त्रीको ट्वीटलाई लिएर एमाले नेताहरुले आपत्ति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ