arrow

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो, युभेन्टसविरुद्ध गोलविहीन

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
messi-moodoff.jpg

क्याम्प नोउ । स्पेनिश फुटबल लिग च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । इटालियन क्लव युभेन्टस विरुद्धको खेलमा गोलविहीन हुँदै युभेन्टस बाहिरिएको हो ।

यो बार्सिलोनाको अहिलेसम्मकै खराव क्वार्टरफाइनल अन्त्य हो । पहिलो लेगमा युभेन्टसकै मैदानमा ३–० ले पछि परेको बार्सिलोना दोस्रो लेगमा बुधबार राति घरेलु क्याम्प नोउको मैदानमा गोरहित बराबरी खेल्यो । 

९६,२९० दर्शक सामु खेलेको बार्सिलोनाले गोलका लागि थुप्रै प्रयास गरे पनि गोल गर्न सकेन । 

खेलका क्रममा तनावमा देखिएको बार्सिलोनाका नेइमार र एन्द्रेस इनेस्ताले पहेंलो कार्ड खाएका थिए । 

यो हारसंगै च्याम्पियन्स लिगका घरेलु खेलमा सधै खेलमा फर्किएर अगाडि जाने बानी परेको बार्सिलोनाको पुरानो कहाबतसमेत सकिएको प्रमाणित भएको छ । 


त्यस्तै अर्को क्वार्टरफाइनल खेलमा विजयी हुँदै फ्रेन्च क्लव मोनाको पनि सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाको सेमिफाइनलमा पुगेको हो । 

योसहित च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । यसअघि स्पेनिश दुई क्लवहरु रियाल मड्रिड र एथलेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेका छन् । 

 

The Juventus team celebrate after keeping a clean sheet at the Nou Camp on their way to the Champions League semi-finals

Leonardo Bonucci (left) and Andrea Barzagli (right) embrace Giorgio Chiellini who stood firm for Juventus throughoutNeymar reacts to to Barcelona exiting the Champions League at the quarter-final stage after failing to break Juventus down

The Brazilian was consoled by former Barcelona team-mates Dani Alves who joined Juventus last year

 

Gerard Pique also cut a dejected figure on a frustrating night for the Barcelona central defenderChiellini and Luis Suarez shake hands at full-time following the 3-0 victory on aggregate to the Italian champions

 

Barcelona's supporters had packed into the Nou Camp on Wednesday night to cheer on Luis Enrique's side against JuventusBarcelona's Samuel Umtiti is put under pressure by Juventus hot prospect Paulo Dybala early in the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ