arrow

टेनिस स्टार सेरेना विलियम्स गर्भवती, विवाह बिनै २० हप्ते गर्भ

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
serena-williams-tennis.jpg

न्युयोर्क । विश्व नम्बर २ अमेरिकी टेनिस स्टार सेरेना विलियम्स गर्भवती भएकी छिन् । ३५ वर्षे सेरेना गर्भवती भएको उनका प्रतिनिधिले जनाएको बीबीसीले उल्लेख गरेको छ । 

उनले यसअघि पोष्ट गरेको ऐनामा पोज दिएको तस्वीरमा ‘२० हप्ता’ लेखिएको थियो । 

उनको विवाह भने भएको छैन । यो शताब्दीकी सबैभन्दा सफल टेनिस खेलाडी बन्ने क्रममा सेरेनाले गत जनवरीमा अष्ट्रेलियन ओपन जितेर २३ औं ग्राण्डस्लाम जितेको कीर्तिमान बनाएकी थिइन् । 

सेरेनाले गर्भवती भएसंगै अबका बाँकी सिजन गुमाउने छिन् । उनले फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपनमा सहभागीता जनाउने छैनिन् । 

सेरेना अर्को हप्ता विश्व नम्बर एक टेनिस खेलाडीमा फर्किदैछिन् । युएस ओपन टेनिसले त उनलाई शुभकामनासमेत दिइसकेको छ ।

बच्चा नै पाउने भइसकेपछि अब सेरेनाको २४ औं ग्राण्डस्लाम सन् २०१८ मा फ्रान्समै हुने हो त भन्ने आँकलन पनि गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ