arrow

काठमाडौं पत्रकार महासंघमा प्रेस युनियन सहित ६ समूहको गठबन्धन 

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
FNJ_Kathmandu.jpg

काठमाडौं । पत्रकार महासंघ काठमाडौंमा प्रेस युनियन सहित छ वटा संगठनबीच गठबन्धन जुट्ने भएको छ । शुक्रबार राजधानीमा हुन लागिरहेको महासंघको निर्वाचनमा नेपाल प्रस युनियन सहित नेकपा माओबादी केन्द्र निकट प्रेस सेन्टर, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सेण्टर फोरमबीच सहकार्य गर्ने सहमति भएको प्रेस युनियनका काठमाडौं जिल्ला अध्यक्ष नकुल अर्यालले जानकारी दिए । 

 

अहिले यी संगठन सहित स्वतन्त्र समूहले पनि यसमा सहकार्यको लागि सहमति जनाएको छ । जस अनुसार अध्यक्षमा प्रेस सेण्टरका रामकृष्ण अधिकारी अध्यक्षको उम्मेदवार बन्ने सहमति भएको छ । यस बाहेकका अन्य पदहरुको विषयमा भने शुक्रबार थप निर्णयमा पुगिने जनाईएको छ । 

 

यो गठबन्धन जुटेसँगै यो प्यानलले निर्वाचनमा विजयी हुने सम्भावना बढाएको विश्लेषण गर्न थालिएको छ । नयाँ नेतृत्वको लागि काठमाडौं पत्रकार महासंघमा शुक्रबार निर्वाचन हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ