arrow

आइपीएल क्रिकेटमा मुम्बईको मान बढ्यो, १९९ रनको चुनौती सजिलै पछ्यायो

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
mumbai-ipl.jpg

इन्दोर । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले मान बढाएको छ । आइपीएलको बिहिबार राति भएको खेलमा मुम्बईले किंगस इलेभेन पंजाबलाई ८ विकेटले हरायो ।

१९९ रनको विशाल चुनौती मुम्बईले १५.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गरेको हो । म्यान अफ द म्याच जोस बटलरले ३७ बलमा ५ छक्का र ७ चौकाको मद्धतले ७७ रन बनाए ।

नितिश रानाले ३४ बलमा ७ छक्काको मद्धतले नटआउट ६२ रन बनाए । पार्थिब पटेलले १८ बलमा ३७ रन बनाए भने हार्दिक पाण्डेयाले ४ बलमा नटआउट १५ रन बनाए । 
यसअघि पंजाबले ४ विकेटको नोक्सानीमा १९८ रन बनाएको थियो । ओपनिङ ब्याटसम्यान हासिम अम्लाले ६० बलमा नटआउट १०४ रन बनाएका थिए ।

जारी सिजनको दोस्रो सतक बनाए पनि उनको योगदान भने टिममा खेर गयो । 
यो जितपछि ६ खेलबाट मुम्बई १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

मुम्बईले लगातार ५ जितको कीर्तिमान पनि यो सिजनमा रचेको छ । यसअघि लगातार पाँच जित मुम्बईले दुई पटक हासिल गरेको थियो ।

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ८–८ अंक छ । गुजरात लाइन्स २ अंकसहित पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ