arrow

काँग्रेसको निर्वाचन प्रचार समिति गठन

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
congress-flag.jpg

पथरी। नेपाली काँग्रेस मोरङले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ। पार्टीका गतिविधिलाई प्रचारप्रसार गर्न डेक्स स्थापना गरिन लागेको काँग्रेसले जनाएको छ।

बिहीबार बसेको पार्टी बैठकले मोरङ काँग्रेसका प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको हो। प्रेस युनियन आबद्ध पत्रकारहरूलाई यसमा समेटिएको छ। प्रेस युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदित, कौशल निरौला, कुमार लुइँटेल, कुमोद अधिकारी, विनोद सुवेदी र देवनारायण साहलाई सञ्चार डेक्समा राखिएको छ। 

पत्रकार कुमार लुइँटेललाई समाचार संयोजकको जिम्मेवारी दिइएको छ। यस्तै, पार्टीले उर्लाबारी, पथरी, बेलबारी र रङ्गेली क्षेत्रमा रहेका प्रेस युनियन आबद्ध पत्रकारहरूको प्रचारप्रसार उपसमिति गठन गर्ने पनि जनाएको छ। 

विभिन्न क्षेत्रमा रहेका पार्टीका गतिविधिहरू समेटियोस् भनेर सञ्चार डेस्क स्थापना गरिएको काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए। यस्तै, बैठकले त्रैमासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ। 

प्रचार विभाग प्रमुख रोहित कार्कीकै संयोजकत्वमा सात सदस्यीय सम्पादकीयमण्डल पनि गठन भएको छ। यसमा पत्रकारहरू मीनकुमार नवोदित, अनन्तराज न्यौपाने, शेखर रेग्मी, सुशीला पाठक र तारा आचार्य रहेका छन्। बुलेटिनमा काँग्रेसका हरेक गतिविधिहरू प्रकाशन गरिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ