arrow

बरुण नदीमा बाढी आएपछि अरुण नदी थुनियो

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
Bhotkhola_Gaunpalika.png

सङ्खुवासभा। बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ। बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो। बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ।


 नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ। नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन्।


ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ। बरुण नदी अरुण नदीमा आएर मिसिन्छ।


प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ। जिल्लामै रहेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ गएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ