arrow

बरुण नदीमा पहिरो : 'विदेशी विशेषज्ञले यस अघि नै सचेत गराएका थिए'

२५ प्रतिशत पानी ओभरफ्लाे हुँदै

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
makalu_ruralmunicipality_map.png

काठमाडौं । अहिले बरुण नदीमा आएको पहिरोको कारण प्रभावित भएको ठाउँको आसपासलाई असुरक्षित रहेको भन्दै विदेशी विशेषज्ञहरुले यस अघि नै सचेत गराएको खुलेको छ । यस अघि नै अहिलेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायतको टोलीसहित भएको विदेशी विशेषज्ञहरुको टोलीले सो क्षेत्रको माथि धेरै हिमतालहरु रहेकोले सो क्षेत्र असुरक्षित रहेको भन्दै सचेत गराएको राज्यमन्त्री गुरुङले जानकारी दिए । 

 

आफ्नै गृहगाउँपालिकामा पहिरो गएपछि हाम्राकुरासँग कुराकानी गर्दै मन्त्री गुरुङले अरुण नदी थुनिँदा प्रभावित भएकाहरुलाई यथाशक्य चाँडो उद्दार गर्न आवश्यक निर्देशन दिईसकिएको बताएका छन् । संखुवासभाबाट स्वास्थ्य राज्यमन्त्री गुरुङले आफूले सो घटनाको विषयमा बिहीबार नै थाहा पाएको भन्दै थाहा पाउने वित्तिकै सम्बन्धित निकायलाई यथाशक्य चाँडो उद्दारको काम अघि बढाउन निर्देशन दिईएको जानकारी दिए । 

 

शुक्रबार बिहान सातै बजे जिल्ला स्थित सुरक्षा परिषद्को बैठक बसेर उद्दारको काम चाँडो भन्दा चाँडो अघि बढाउने निर्णय गरेको जानकारी पनि मन्त्री गुरुङले दिए । उनले विहानै जिल्लाका सरकारी चिकित्सकहरुलाई उक्त क्षेत्रमा घाईते भएकाहरुलाई हेलिकप्टोरबाट ल्याउने वित्तिकै उपचारको व्यवस्था मिलाउन निर्देशन पनि दिईसकिएको जानकारी दिए । 

Image may contain: 1 person

सो घटना आफ्नै साविकको गाविसमा घटेको भन्दै सो स्थानमा आफूले यस अघि पनि विशेषज्ञ लगेर सुरक्षाको बारेमा अध्ययन गरेको उनले जानकारी दिए । यस विषयमा मैले संसद्मा पनि बोलेको थिएँ । उनले भने विदेशी विशेषज्ञले यस अघि नै सो क्षेत्रमा जुनसुकै बेला पनि घटना हुनसक्ने चुतावनी दिईएको थियो । तर, समयमा नै उचित समाधान खोजिएन । सो क्षेत्रभन्दा माथि दर्जन बढी हिमपोखरीहरु रहेको र सोही हिम पोखरी फुटेको हुनसक्ने अनुमान अहिले गरिएको छ । 

 

उनका अनुसार अहिलेसम्म ६० जना घाईते भएको अपुष्ट जानकारी आएको छ । तर यो आधिकारिक भने नभएको मन्त्रीले जानकारी दिए । ताल फुट्ने सम्भावना देखिएको छैन । तर, २५ प्रतिशत पानी ओभर फ्लो भएर गईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार अहिलेसम्म १ सय ५० भन्दा बढी घर सो पहिरोबाट प्रत्यक्ष प्रभावित भएका छन् । अहिले चुनिएको बाँध फुटेको खण्डमा ५०० भन्दा बढी घर प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम कुमार केसीले जानकारी दिए । 
 

बाढी पहिराको कारण भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको बीचमा रहेको बरुण नदीमा पहिरो गएको थियो । मकालु गाविसपट्टिबाट गएको पहिरोले बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ।


नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ। नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन्।


ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ। बरुण नदी अरुण नदीमा आएर मिसिन्छ।


प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ। जिल्लामै रहेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ गएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ