arrow

एएफसीको यु–१६ च्याम्पियनसिपमा नेपाल भारत रहेकै समूहमा

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
khel-final.jpg

काठमाडौँ । एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको एसियाली च्याम्पियनसिपको १६ वर्षमुनि उमेर समूहमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भारत भएको कठिन समूहमा परेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको हो ।  ४५ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डेफेन्डिङ च्याम्पियन इराक र प्यालेष्टाइन छन् ।

समूह ‘ए’मा उज्वेकिस्तान, साउदी अरब, जोर्डन, बहराइन र श्रीलङ्का छन् भने समूह ‘बी’मा ओमन, ताजकिस्तान, सिरिया, तुर्कमिनिस्तान र माल्दिभ्स छन् । त्यसैगरी समूह ‘सी’मा इरान, अफगानिस्तान, लेबनान, किर्गिस्तान र भुटान रहेका छन् ।

समूह ‘इ’मा संयुक्त अरब इमिरेट्स (युएई), यमन, कतार र बङ्गलादेश छन् भने समूह ‘एफ’मा उत्तर कोरिया, हङ्कङ, चाइनिज ताइपे, मकाउ र ब्रुनाई छन् । समूह ‘जि’ मा थाइल्यान्ड, लाओस, टिमोर लिस्टे, मारियाना आइल्यान्ड र इन्डोनेसिया छन् ।

समूह ‘एच’मा दक्षिण कोरिया, चीन, म्यानमार र फिलिपिन्स छन् भने समूह ‘आई’मा भियतनाम, अष्ट्रेलिया, मङ्गोलिया र कम्बोडिया छन् । समूह ‘जे’ मा जापान, मलेसिया, गाम र सिङ्गापुर रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । छनोट खेल आगामी सेप्टेम्बर १६ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।
 

यु–१९ को समूह ‘ए’मा नेपाल
१९ वर्षमुनिको ड्रमा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसहित आयोजक कीर्गिस्तान, युएई, बहराइन र ओमान छन् । खेल आगामी कात्तिक १४ देखि २२ गतेसम्म हुनेछ ।
 

यु–२३ मा पहिलो भीडन्त युएईसँग
एएफसीले २३ वर्षमुनिको च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक गरेको छ । युएईमा आगामी साउन ४ देखि ८ गतेसम्म हुने छनोटमा समूह ‘डी’मा रहेको नेपालको पहिलो भीडन्त संयुक्त अरब इमिरेट्स युएईसँग हुनेछ । नेपालले दोस्रो खेल उज्वेकिस्तानसँग र अन्तिम खेल लेबननसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ