arrow

माओवादी र एमालेका विद्यार्थीबीच कुटाकुट

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
student_akhil_.jpg

चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच  दिउँसो कुटाकुट भएको छ । दुई समूह आपसीमा भीड्दा ६ जना घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल र क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ