arrow

काँग्रेसबाट मेयरका आकांक्षीलार्इ खुट्टाको पांग्रा फुट्नेगरी कुटियो

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
congress-flag.jpg

बैतडी । स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी र्इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ ।

 

गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिए । कुटपिटबाट उनको शरीरकान चोट लागेको छ । देब्रे खुट्टाको पांग्रा फुटेर टुक्रा -टुक्रा भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

 

शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलगायतका मानिसले आक्रमण गरेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

(अन्नपूर्ण पोस्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ