arrow

प्रधानमन्त्रीले के भने अमेरिकी सिनेटरलाई ? 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
pm-american-cinet.jpg

काठमाडौँ। प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताएका छन् । 

अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग शनिबार भएको भेटमा दाहालले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

आम नेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे। उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरे । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजनाबारे छलफल भएको थियो । 

अमेरिकी सिनेटरद्वयले नेपाल सरकारको समृद्धि र विकासको सोचप्रति मतक्यैता प्रकट गर्दै राजनीतिक एवम् सामाजिक क्षेत्रका साथै नेतृत्व तहमा महिलाको उपस्थिति विश्वका लागि नमुना भएको भन्दै प्रशंसा गरे। 

उनिहरूले नेपालको चौतर्फी विकासमा अमेरिकाले सघाउने र सधैँ सकारात्मक रहने आश्वासन दिएका थिए । भेटमा नेपालका लागि अमेरिकी राजदूत आलाइना टेप्लिज पनि उपस्थित थिइन् ।  रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ