arrow

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना : ५ को मृत्यु, ३० घाइते 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Mustang-acccednt.jpg

मुस्ताङ । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ५  जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० जना  घाइते भएका छन् । दुर्घटना बारागाँउ मुक्ति क्षेत्र गाँउपालिकामा भएको हो ।

घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरीले जनाएको छ । 

बसमा ३५ जना सवार रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल लगिदैछ । साथै दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ