arrow

प्रधानमन्त्रीको प्रश्न  प्रमुख आयुक्तलाई : 'निर्वाचनको मिति सारे के हुन्छ ?' 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Pm-with-aayog.jpg

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार दिउसो प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीबारे जानकारी गराएका छन्  । सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको मिति सर्‍यो भने त्यसको कस्तो असर पर्दछ, त्यसपछि हामी कसरी अगाडि बढ्न सक्दछौँ भनी जिज्ञासा राखेको यादवले जानकारी दिएका छन् । 

प्रधानमन्त्रीले निर्वाचनको सहज वातावरण बनाउन सरकारले राजनीतिक रुपमा गरिरहेको प्रयासबारे आयोगलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुसँगको वार्ता निर्णायक मोडमा पुगेको र सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरेको  जानकारी पनि प्रमुख आयुक्तले दिए । 

साथै निर्वाचन आयोगमा शनिबार दिउँसो बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख आयुक्त यादवले २०६४ र २०७० कोभन्दा यसपटकको निर्वाचन सुरक्षा योजना राम्रो , वडा तहसम्मको सुरक्षा योजनाको रणनीति बनाइएको जानकारी दिए । 

आयोगले हिमाली ११ जिल्लाको मतपत्र हेलिकोप्टरबाट तथा अरु जिल्लाको ट्रकबाट पठाउन जनशक्ति र सुरक्षाको समेत व्यवस्थापन गरिसकेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ