arrow

'काँग्रेस भोटबाट जित्छ, नोटबाट होईन '

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
congress-mohamad.jpg

रौतहट । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहमद अफताब आलमले नेपाली काँग्रेसले बोरा र झोलामा भएको नोटको भरमा नभई आम जनताको भोटको भरमा चुनाव जित्ने बताएका छन् ।

रौतहटको राजपुर गाउपालिकामा नेपाली काग्रेस क्षेत्रिय समितिले आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रमा नेता आलमले राणाकालदेखि शाहबंश हुदै लोकतन्त्र स्थापनका लागि लडदैं आएको नेपाली काग्रेसको मर्म र भावनालाई बुझि नेपाली जनताले काग्रेसमा नै मतदान गर्ने ठोकुवा गरेका छन् । 

क्षेत्रिय कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा लोक्तान्त्रिक फोरम, एमाले र फोरम नेपाल परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेका तीन सय भन्दा बढि नेता तथा कार्यकर्ताहरुलाई टिका तथा माला लगाउदैं पूर्व मन्त्री आलमले मधेश र मधेशीको समस्याको पहिचान नेपाली काग्रेस बाहेक अरु कसैले गर्न नसक्ने समेत ठोकुवा गरेका छन् । 

नेपाली काग्रेस क्षेत्रिय कार्यसमितिका अध्यक्ष फैजलको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस रौतहटका नेता महमद महताव आलम,शेख वकिल, रामचन्द्र गिरी लगायतका नेताहरुले आफ्ना विचार राखेका थिए। 

कार्यक्रमको संचालन तरुण दल रौतहटका अध्यक्ष शेख नौसाद आलमले गरेका थिए । २०७० सालको संविधान सभा चुनावमा क्षेत्र नं. २ मा पराजय भोगेको नेपाली काग्रेसको जित अब आउने निर्वाचनहरुमा निश्चित देखिएको स्थानिय कार्यकर्ताहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ