arrow

फोरम नेपाल र नयाँ शक्ति एकता भाँडियो, कारण यस्तो

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
baburam-upendra.jpeg

काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ । 

स्रोतका अनुसार वैशाखको पहिलो साताभित्र दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । 

एक सातापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब करिब सहमति जुटिसकेको थियो । तर अध्यक्षका लागि भने सहमति जुट्न सकेन ।

स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताहरूले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको नेताको रूपमा स्वीकार गर्न सकिने अडान राखेका थिए । 

तर नयाँ शक्तिका नेताहरूले पूर्वप्रधानमन्त्रीसमेत भइसकेका  भट्टराई पहिलो स्थानको नेता हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ