arrow

सरकार र मोर्चाबीचको सहमति माओवादी केन्द्रद्वारा अनुमोदन

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
moiest_center.jpg

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धनबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार बिहान सम्पन्न केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो ।

 

प्रचण्डले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएको थियो प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

 

प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिएका छन् । बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ