arrow

एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियाल मड्रिडलाई हरायो, उपाधि भिडन्त रोचक

मेसी नायक, रामोस भिलेन 

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
barcelona-dress-room.jpg

सान्टियोगो बर्नाबाउ । स्पेनिश लिग ला लिगामा बार्सिलोनाले आकर्षक प्रदर्शन गर्दै उपाधि भिडन्तलाई रोचक बनाएको छ । 

आइतबार राति एल क्लासिको अन्तर्गत रियाल मड्रिडसंगको भिडन्त जित्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । 

रियालकै मैदानमा भएको खेल ३–२ ले जितेर बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । 
खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेसीले वास्तविक नायकको भूमिका खेले ।

२८ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै रियाललाई अग्रता दिलाए । त्यसको ५ मिनेटमै मेसीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । 

७३ औं मिनेटमा इभाँ राकिटिकले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितिमा ल्याए । ७७ औं मिनेटमा सर्जिओ रामोसले रातो कार्ड खाए । 

उनले मेसीमाथि फाउल खेलेका थिए । रामोसको यो करियरको २२ औं रातो कार्ड थियो । १० जनामा समेटिएको रियालले ८५ औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट बराबरी गर्न सफल भयो । 

तर इन्जुरी समयमा मेसीले दोस्रो गोल थप्दै बार्सिलोनालाई जिताएनन्मात्र उपाधिका लागि गतिलो दावेदारी दिए । 

यो खेलमा पराजित भएको भए बार्सिलोना उपाधिबाट टाढिने पक्का थियो । रियालका लागि क्रिष्टियानो चल्न सकेनन् भने बार्सिलोना नेइमार नभएसंगै दबाबमा थियो । 

यो जितले बार्सिलोना ३३ खेलबाट ७५ अंकसहित गोल अन्तरमा रियाललाई पछाडि पार्दै शीर्ष स्थानमा रहेको हो ।

गोल अन्तरमा बार्सिलोनाको ६२ गोल छ भने रियालको ४८ मात्र छ । 

रियालले भने एक खेल कम खेलेर सो सफलता हासिल गरेको हो । 
Lionel Messi scored last-minute winner to breathe fresh life into Barcelona's La Liga title challenge at the home of Real Madrid

 

Messi was booked for removing his shirt and showing it to the Real Madrid fans after his brilliant match-winner on Sunday

Jordi Alba's pull-back from the left was stroked with aplomb into the bottom corner by Messi in the dying seconds of the game

It looked like substitute James Rodriguez had come on to rescue a point for Zinedine Zidane's side with five minutes to go

Ivan Rakitic scored to give Barcelona a 2-1 lead in the second half long before the late drama unfolded in the Spanish capital

Messi is now the all-time top-scorer in El Clasico in La Liga (16), surpassing Alfredo Di Stefano (14) after his first strikeCasemiro celebrates his strike which was richly deserved after it was Madrid who made the brighter start to proceedings

Sergio Ramos received the 22nd red card of his Real Madrid career and his fifth in El Clasicos after a poor challenge on Messi

Barcelona's out-going manager Luis Enrique greets his opposite number Zinedine Zidane prior to kick-off in El Clasico

Messi received a nasty blow to the face in an accidental collision with Marcelo in the first half which left him bloodied

The match was screened in the northern city of Thessaloniki in Greece where refugees were able to enjoy the encounter

Barcelona medical staff had to tend to the Argentine's mouth and he was given a tissue to wipe away the blood from his face



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ