arrow

सिलवालको बचाउ गर्दै ओलीले भने–डीआइजी पक्रेर यति तल किन झरेका ?

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
KP-oli-naya-news.jpeg

काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी ओलीले डिआइजी नवराज सिलवालको बचाउ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमै एमाले अध्यक्ष केपी ओलीले सिलवालको बचाउ गरेका हुन् ।

ओलीले भने, ‘बहालवाला डिआइजीलाई कानुनी परामर्श लिन गएको बेला पक्राउ गरिदिने ? पक्राउ पूर्जी छैन ।’ बहालवाला डिआइजीलाई विना आरोप, विना अपराध, विना पूर्जी गिरफ्तार गर्नुहुन्छ । झोँक चल्यो भने जनताको के हालत होला ?’ ओलीले सरकारप्रति संकेत गर्दै भने ।

ओलीले भने, ‘बाच्न पाउनुपर्छ हजुर ।’ उनले एउटा डिआईजी कानुनी सहायता लिन गएका बेलामा गिरफ्तार गरेर सरकार किन यति तल झरेका ? भनि जिस्काए । ‘हामी यो डिआईजी तेरो यो मेरो यो अर्काको भन्दैनौं । हामी विधिको शासन चाहान्छौं । यदि कसैलाई आइजीले चुनाव जिताउने भ्रम छ भने त्यो भ्रम नपाले हुन्छ,’ ओलीले भने ।

एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ ? मन्त्रीले कि कार्यकर्ता धर्ना बस्ने ? प्रहरीले गर्ने कि कसले गर्ने ? ओलीले प्रश्न गरे । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले तमाशा देखाएको भन्दै ओलीले ‘सरकार आफू कार्यसम्पादन मूल्याङ्कन  फेरफार गर्छ, दोष अरुलाई दिन्छ ।’ उनले सरकारलाई यति साह्रो नझर्न सुझाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ