arrow

न्याय परिषद् र सर्वोच्चको वक्तव्य : ‘गोपाल पराजुलीबारेको समाचार एक भ्रम’

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Gopal_parajuli.jpg

काठमाडौं । न्यायपरिषदले वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र नै गायब भएको समाचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्य पुष्टी नभई आएको समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ ।

न्याय परिषद सचिवालयकी प्रवक्ता निर्मला पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा ‘पराजुलीको एसएलसीको प्रमाणपत्र न्याय परिषद् सचिवालयमा नरहेको भन्ने समाचारप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ । यस सचिवालयको अभिलेखमा न्यायाधीश पराजुलीको एसएलसी लगायतका सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु व्यक्तिगत विवरण साथ सुरक्षित रहेको छ, भनिएको छ ।’

विज्ञप्तीमा ‘यस सचिवालयको प्रवक्ता, सूचना अधिकारी वा अन्य आधिकारिक व्यक्तिसँग कुनै सम्पर्क नगरी यस सम्बन्धमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको हुँदा यसबाट भ्रममा नपर्न सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको, उल्लेख छ ।
 

सर्वोच्चको पनि आपत्ति
सर्वोच्च अदालतले समेत वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीका सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जारी गरेको विज्ञप्तिमा सबै न्यायाधीशहरुको व्यक्तिगत अभिलेख राख्ने जिम्मेवार निकाय न्यायपरिषद सचिवालयका पदाधिकारीसँग सम्पर्क तथा सत्यताको पुष्टी नगरी समाचार प्रकाशन भएको कुरा न्यायपरिषदबाट जारी भएको प्रेस नोटमा लेखिएको छ । यसरी सम्बन्धित निकायबाट सत्य तथ्यको जानकारी नलिई प्रकाशन गरिने समाचारले न्यायलय तथा न्यायाधीशप्रति भ्रम सिर्जना गर्ने एवं न्यायसम्पादनको कार्य समेत प्रभावित हुन जाने कुरामा गम्भीर हुनु  जरुरी छ, भन्ने उल्लेख छ ।  

सोमबार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीको एलएलसी प्रमाणपत्रको अभिलेख राज्यका तीनवटै निकायबाट गायब भएको भन्दै समाचार आएको थियो । समाचारमा नेपाल ल क्याम्पसमा पराजुलीको एसएलसीको प्रमाणपत्र छैन । त्यसबाहेक सेवा प्रवेशका क्रममा सरकारी निकायमा पनि अभिलेख रहनुपर्छ, भनि उल्लेख थियो ।

पराजुली सोझै पुनरावेदन तहको अदालतमा नियुक्त भएकाले उनको प्रमाणपत्रको अभिलेख न्यायपरिषद्मा रहनुपर्छ तर त्यहाँ नभेटिएका कारण नै प्रधानन्यायाधीश सुशीला कार्कीले उनको प्रमाणपत्र झिकाउने आदेश दिएको बताइँदै छ ।  स्राेत उल्लेख नगरी न्याय परिषद् अध्यक्ष कार्कीको निर्देशनमा वरिष्ठतम् पराजुलीदेखि कनिष्ठ अवनी मैनालीसम्मको अद्यावधिक विवरण न्यायपरिषदको रोस्टरमा अभिलेख गरिएको, तर त्यसमा पराजुलीको एलएलसीको प्रमाणपत्र नभएको खबर अाएकाे थियाे ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ