arrow

भूकम्पका बेला मापदण्ड विपरीतका घर भत्काउन तात्तिएको सरकार र घरबेटी मौन 

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
earthquake-basantapur.jpeg

काठमाडौं । काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । 

सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् ।

भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन ।

घर भत्काउन सबैभन्दा धेरै उजुरी काठमाडौं हानगरपालिकामा परेको थियो । 

महानगरको तथ्यांकअनुसार त्यस बेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ वटा उजुरी परेका थिए ।

ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन ।

काठमाडौं महानगरपालिकाका अधिकृत डा। उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए ।

‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुुँ । ती उजुरी सिडिओ कार्यालय पेस गरिएका पनि हुन् । तर, त्यसमा कारबाही गरिएको घटना मलाई सम्झना छैन,’ उनले भने । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ