arrow

प्रचण्डलाई आयो मोदीको सन्देश

चुनावमा सहयोग गर्ने बचन

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
modi_phone_new.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन् ।

मंगलबार दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् ।

टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताए ।

टेलिफोन बार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिए ।

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच दिउँसो चार बजेतिर झण्डै १०–१५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ