arrow

संविधान संशोधन विधेयक प्रस्ताव संसदबाट स्वीकृत, अर्को बैठक १७ गते

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
samsad-chaldai.JPG

काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

संसद्को बुधबार तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गरेकी थिइन् । 

यसअघि संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले ‘नेपालको संविधान (दोस्रो संशोधन०’ विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बुधबार रातिको बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । संसद्को अर्को बैठक यही वैशाख १७ गते बस्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ