arrow

६०१ सांसद्को श्राद्ध गर्ने शर्मा हेटौंडा उपमहानगरको मेयरमा लड्दै 

भन्छन् 'एजेण्डा केही छैन, मैले जानेको श्राद्ध मात्रै हो'  

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
rakesh_sharma.jpg

हेटौंडा । पहिलो संविधान सभा र दोस्रो संविधान सभाले समेत तोकिएको मितिमा संविधान जारी नगरेपछि ६०१ जना सांसद्को नै सामूहिक श्राद्ध गर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । पहिलो संविधानसभाले तोकिएको मितिमा संविधान जारी गर्न नसकेपछि ६०१ जना सांसद्को निधन भएको भन्दै सामूहिक श्राद्ध गरेका हेटौंडा उपमहानगरपालिका वडा नं २ का राकेश कुमार शर्माले हेटौंडा उपमहानगरपालिकामा उम्मेदवारी दिने तयारीमा आफू रहेको बताएका छन् । 


सोही श्राद्ध गरेर चर्चामा आएका उनी आफूसँग कुनैपनि एजेण्डा नरहेको बताउँछन् । उनले कुनैपनि राजनीतिक पार्टीले केही गर्दैनन् भन्ने पक्कापक्की भईसकेको अवस्थामा जनताले भोट दिए भने त केही गरिन्छ नि भनेर आफू उठेको बताए । तर, आफूले जित्छु नै भन्नेमा विश्वास नरहेको भएपनि जितियो भने हेटौंडामा केही न केही गरेर देखाउने दाबी गरे । 

 

उनले नयाँ संविधानसभाको निर्वाचन भएपछि संविधानसभाको न्वारन गर्ने, संविधानसभाको कार्यसफलताको कामना गर्दै १५ जिल्लामा पूजाआजा गर्ने लगायतका चर्चामा आउनेखालका काम गरिरहेका छन् । उनले दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं १० बाट पनि उम्मेदवारी दिएका थिए । त्यतिबेला उनले जम्मा ८ मत प्राप्त गरेका थिए । 

 

त्यसभन्दा अघि भएका प्रत्येक निर्वाचनमा सहभागी भएका उनको पहिलेको घर भने गुलरीया नगरपालिका ६ वर्दियामा पर्दछ । उनले पटकपटक सांसद्हरुको श्राद्ध मात्रै गरेनन् एक पटक त वीरगञ्जबाट आफैं संविधान घोषणा समेत गरे । 

 

तीनै व्यक्ति अहिले अनुभव मात्रै पनि ठूलो कुरा हो भन्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् । 
  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ