arrow

लमजुङमा बन्यो स‌ंयुक्त प्यानल, ५ स्थानीय तहमा एमाले, बाँकीमा माओवादी 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
Lamjung-hamrakura.jpg.jpeg

बेसीसहर(लमजुङ)। स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् । बिहीबार दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य गर्ने बताएका हुन् । राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिबद्ध हुँदै जिल्लाको विकास गर्न दुई दलबीच स्थानीय तहको निर्वाचनमा संयुक्त मोर्चा बनाउने सहमति भएको दुवै दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

नेकपा (एमाले)का जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पारसमणि पौडेलले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । दुई दलबीच भएको सहमतिअनुसार आठ स्थानीय तहमध्ये तीनवटामा नेकपा (माओवादी केन्द्र) र बाँकी पाँच वटामा नेकपा (एमाले)ले प्रमुख पदका लागि उम्मेदवारी दिने नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पौडेलले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ