arrow

स्याङजामा एमालेका अध्यक्ष काँग्रेसमा प्रवेश

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
congress_kamal_pangeni_syan.jpg

स्याङ्जा। नेकपा एमाले साविक स्वरेक गाँउ कमिटीका अध्यक्ष कमलप्रसाद पंगेनी एमाले पाटी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

घर परिवार काँग्रेस हुँदा हुदै पनि २०५४ सालबाट कक्षा १० मा अध्ययनरत हुदै गर्दा वाम विचारबाट प्रभावित पंगेनी एमालेले न्यायोचित र पेशेवर कार्यकर्ताको निष्ठा एंव प्रतिष्ठा माथी आँच आउने काम गरेकोले उक्तपाटीमा रहिरहन नसकेको बताए । 

लामो समय विद्यार्थी राजनीति देखि पाटीपंक्ति सम्म पुगेर गाँउ कमिटीको अध्यक्ष समेत भइसकेका पंगेनीलाई पाटीले कुनै मुल्याङ्कन नगरी संगठनमा कहिल्यै काम नगरेका र पैसामा खरिद विक्रि भई मदन भण्डारीको बहुदलीय जनवादलाई भुलेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

 हाल वालिङ नगरपालिका वडा नं. ११ का पंगेनी विद्यार्थी जिवनको संगतले कम्युनिष्टमा लागेको भएता पनि लोकतान्त्रिक आन्दोलनको अगुवा गर्ने पाटीमा प्रवेस गरेकोमा गर्व महशुष भएको बताए । 

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ र वालिङ नगर समितिको संयुक्त आयोजित पार्टी प्रवेस कार्यक्रममा एमालेबाट खुला वडा सदस्यका उमेदवार ६५ बर्षिय भागिरथ कुँवर पनि काँग्रेसमा प्रवेश गरेका छन् । यसले गर्दा एमाले बृत्तमा खैलाबैला मच्चिएको छ । 

नेपाली काँग्रेसका जिल्ला सभापति एंव साँसद कमलप्रसाद पंगेनी, पुर्व सभापति खगेन्द्रराज रेग्मीले पाटीको सदस्यता प्रदान गरी खादा र अविर लगाएर स्वागत गरेका थिए । 

कार्यक्रममा पाटी सभापति एंव सांसद कमलप्रसादपंगेनी,पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य भोजराज अर्याल, छायाराम खनाल, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, नगर सभापति दिलिपप्रताप खाँण, बसन्तकुमार मल्ल लगायतले काँग्रेस, आसन्न निर्वाचन र पाटीको अवको भुमिका विषयमा बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ