arrow

सर्पदंश उपचार केन्द्रमा सोलार जोडियो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख १७ आइतबार
sarpadansha.JPG

विराटनगर । मोरङको लेटाङ नगरपालिका–४ स्थित लेटाङ सर्पदंश उपचार केन्द्रमा सोलार प्यानल जडान गरिएको छ । सर्पदंश विरामीहरुको उपचारमा सहजता ल्याउन जिल्ला समन्वय समिति र सुर्यदल गणको सहयोगमा सोलार जडान गरिएको हो ।

 वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको आर्थिक सहयोगमा करिव साडे चारलाख रुपैयाको लागतमा सोलार प्यानल जडान गरिएको हो । सोलार प्यानलको इटहरी स्थित पुर्वी पृतनापती प्रलाद थापाले एक कार्यक्रमका विच आइतबार उद्घाटन गरे। पुर्वी पृतना तालिम शिक्षालयको सहयोगमा ०६७ सालदेखी सो स्थानमा र्सपदंश उपचार केन्द्र संचालनमा छ । हालसम्म सो उपचार केन्द्रवाट २ सय ३१ जनाले उपचार पाएको समितिका अध्यक्ष मिनकुमार राईले वताए ।

 
डेढ किलोवाटको सोलार पैनलवाट दुईवटा फ्रिज संचालन हुनुका ‘साथै दशवोटा वल्व दुई दिनसम्म सहज रुपले वल्ने क्षमता  रहेको  विकास समिति मोरङका उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले वताए । उद्घाटन कार्यक्रममा वोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, स्थानिय विकास अधिकारी सोभाखर रेग्मी, युएनडिपिका विजय सिंह तथा वैकल्पिक उर्जा प्रर्वद्धनकेन्द्रका शालिक गौतमले सोलार प्यानल जडानले उपचारमा सहजता ल्याउने भन्दै यसको दिगो व्यवस्थापनमा जोड दिए ।

 पुर्वि पृतनालयका डाक्टरहरुले सो केन्द्रवाट सर्पदंशका विरामी हरुको उपचार गर्दे आएका छन । जेठ महिनापछी सो केन्द्रमा दैनिक चारजना सम्म सर्पदंशका विरामी उपचारका लागी आउने गरेका छन ।केन्द्रले विषालु सर्पले टोकेको एकजना विरामीवाट २१ सय रुपैया शुल्क लिने गरेको छ । लेटाङ लगायत एकदर्जन गाउ विकास समितिका मानिसहरु सर्पले टोकेपछी उपचारका लागी सो केन्द्रमा आउने गरेका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ